मुस्ताङ । मुस्ताङमा दुई पर्यटकको शव फेला परेको छ। उनीहरुको मृत्यु के कारण भएको भन्ने खुल्न बाँकी छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फास्थित कालीगण्डकी नदी दोभान र लोघेकर दामोदरकुण्ड जाने बाटोमा बुधबार दुई पर्यटकको शव भेटिएको फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
दुवै पर्यटकको पहिचान खुल्न बाँकी छ । मृतकमध्ये एक जना करिब ३८ वर्षका र अर्का करिब ६० वर्षका भारतीय नागरिक रहेको जनाइएको छ ।
शवको मुचुल्का गरी एक शवलाई मुस्ताङ जिल्ला अस्पतालको शवगृहमा ल्याएर राखिएको र दामोदरकुण्ड जाने बाटोमा भेटिएको शव ल्याउने क्रममा रहेको छ ।
प्रतिक्रिया