१४ असार २०८३, आइतबार | June 28, 2026

सूर्य नेपाल गल्फ : तेस्रो दिन शुक्रलाई अग्रता



काठमाडौं । सूर्य नेपाल गल्फ च्याम्पियनसिप अन्तर्गत बुधवारको खेलमा शुक्रबहादुर राई निरज तामाङलाई एक स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन् ।

सूर्य नेपाल गल्फ टुर अन्तर्गतको अन्तिम प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपको तेस्रो दिनको खेलमा शुक्रले ६ अण्डर ६६ स्कोरका साथ समग्रमा १६ अन्डर दुई सय स्कोरकार्ड बनाउँदै शीर्ष स्थान हासिल गरेका हुन ।

दोस्रो दिनको खेलसम्म अग्रस्थानमा रहेका निरजले तेस्रो दिन तीन अण्डर ६९ स्कोरका साथ कुल १५ अन्डर दुई सय एक स्कोरकार्ड खेलेका थिए । पहिलो दिनका लिडर वाङचेनले तेस्रो दिन दुई अण्डर ७० स्कोरका साथ कुल १२ अण्डर दुई सय चार स्कोरकार्ड बनाएका छन । उनी समग्रमा तेस्रो स्थानमा छन । यस्तै नेपाल नम्बर एक भुवन नगरकोटी चौथो स्थानमा छन । उनको कुल १० अण्डर दुई सय ६ स्कोरकार्ड छ । उनले तेस्रो दिन दुई अण्डर ७० स्कोरकार्ड खेलेका थिए ।

कुल ५४ खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपमा ४३ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन । प्रतियोगिताको विजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछ भने उपविजेताले एक लाख ५५ हजार रुपैयाँ पाउनेछ । यस्तै तेस्रो हुनेले एक लाख १० हजार रुपैयाँ पाउनेछ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : १४ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा