४ आश्विन २०८३, आइतबार | September 20, 2026

कर्णाली राजमार्गमा बस दुर्घटना, ३ को मृत्यु, ३४ घाइते



सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको ना.२ ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिकाको सिस्नेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि ३ जनाको मृत्यु भएको र अन्य ३४ जना गम्भीर घाइते भएको उद्धारमा खटिएका आठवीस नगरपालिका दैलेखका पूर्व नगर प्रमुख खड्गराज उपाध्यायले जानकारी दिएका छन् ।

दुर्घटना भएको बस कर्णाली नदिको तिरमा छ, छतमा र बसको कोलियामा समेत मानिसहरू यात्रा गरेको भन्ने सुनेका थियौँ । बसभित्रबाट घाइतेहरू निकाल्दै छौँ । ३ जनाको मृत्यु भएको छ रातिको समय भएकोले उद्धारमा समस्या भएको खड्गराज उपाध्यायले जानकारी दिएका छन् ।

राकमबाट उद्धारका लागि प्रहरी पुगिसकेको छ, अहिले प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । घाइते सबैको अवस्था गम्भीर छ, एम्बुलेन्स अभाव छ । हेलिकप्टरबाट सरकारले उद्धार गरिदिएको भए घाइतेहरूलाई बचाउन सजिलो हुने खड्गराज उपाध्यायले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उद्धारका कामलाई प्रभावकारी बनाउन सुरक्षा निकायको चार वटा टोली खटाएको बताएका छन् । दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले दैलेख, दुल्लु, आठवीस र तल्लो डुँगेश्वरबाट उद्धारका लागि टोली पठाएको बताएका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ९ : २९ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन