१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

काठमाडौंमा अब बालेन यात्रा



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको छ । युवा उमेरका बालेन अब आगामी पाँच वर्षका लागि काठमाडौं महानगरको पिताका रूपमा रहनेछन् । बालेनले प्रमुख दल कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई भारी मतान्तरले पछि पार्दै आफ्नो जित सुनिश्चित पारेका हुन् ।

यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोल पपुलर मतसहित विजय हुने निश्चित भएको छ । काठमाडौंमा एक महिनाभित्र बालेनको क्रेज असाधारण रूपमा बढेकोमा दलहरूका शीर्ष नेताहरूसमेत अचम्ममा छन् । काठमाडौंको मेयरमा संस्थापन राजनीतिलाई चुनौती दिँदै हिजोसम्म -याप गायकका रूपमा चिनिएका स्वतन्त्र उम्मेदवार बालेनलाई एकाएक समाज परिवर्तनका नायकका रूपमा जनताले विश्वास गरिदिएका छन् ।

वर्षाैंदेखि राजनीतिमा होमिएका नेतृत्वका लागि बालेनको यो जित ठूलो सवक र झड्का हो । बुधबार रातिसम्म बालेन्द्र साहले ५५ हजार ७ सय ७७ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको ३५ हजार ३ सय ७१ मत रहेको छ । यस्तै, नेकपा एमालेका भेट्रान उम्मेदावर मानिएका केशव स्थापितको ३४ हजार ६ सय २६ मत रहेको छ । उनी तेस्रोमा पुगेका छन् । आजको राजधानी दैनिकमा रामसूदन तिमल्सिनाले यो समाचार लेखका छन ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ६ : ५३ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै