२२ भदौ २०८३, सोमबार | September 7, 2026

जहाँ स्वतन्त्रले जित



काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेतृत्व गरिरहेका भुइँमान्छेसम्मले स्वतन्त्र रूपमा उम्मेदवारी दिएर जित हात पारेका हुन् ।

निर्वाचन आयोगको विवरणअनुसार देशभरका ७ सय ५३ पालिकामध्ये १३ पालिकामा स्वतन्त्र उम्मेदवारले पालिकाको प्रमुख/अध्यक्ष पदमा नेतृत्व हात पारेका छन् । यस्तै, चार जना स्वतन्त्र उम्मेदवार पालिकाका उपप्रमुख/उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । यसैगरी, देशभरका ६ हजार ७ सय ४३ वडामध्ये १ सय ३७ वडाको वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित बनेका छन् भने देशभरमा गरी ५७ जना महिला वडा सदस्य पदमा स्वतन्त्र रूपमा निर्वाचित भएका छन् ।

यस्तै, दलित महिला वडा सदस्यतर्फ देशभरमा गरी ५५ जना स्वतन्त्र उम्मेदवारले जित निकाल्दा खुला वडा सदस्यमा देशभरमा १ सय १९ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । देशको राजधानी काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित भए ।
उनले नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरको प्रमुखको उम्मेदवार बनेकी सिर्जना सिंहलाई पराजित गरेका हुन् । सिंह गणेशमान सिंहकी बुहारी तथा कांग्रेस नेता प्रकाशमान सिंह पत्नी हुन् । साहले काठमाडौं महानगरको प्रमुखमा एमालेबाट उम्मेदवार बनेका काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापितलाई तेस्रो स्थानमा रोकिदिए ।

यसैगरी, धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित भए । उनले कांग्रेसबाट उम्मेदवार बनेका किशोर राईलाई पराजित गरेका हुन् । यस्तै, जनकपुर उपमहानगरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित भए । उनले एमालेका उम्मेदवार शिवशंकर साहलाई पराजित गरेका हुन् ।

यसैगरी, धनगढी उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले कांग्रेसबाट उम्मेदवार बनेका नृपबहादुर वडलाई पराजित गरे । यस्तै, महोत्तरीको बर्दिबास नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार प्रहलादकुमार क्षत्री निर्वाचित भए । यसैगरी, जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित भए ।

यस्तै, कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित हुँदा कालिकोटकै सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी निर्वाचित बनेका छन् । यसैगरी, हुम्लाको चंखेली गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित हुँदा डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङ निर्वाचित बने ।

यस्तै, बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार बनेका सन्तोषप्रकाश जोशी निर्वाचित भएका छन् । यस्तै, ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र रुम्जाली स्वतन्त्र उम्मेदवार बन्दै निर्वाचित बन्दा भोजपुरको साल्पा सिलिछो गाउँपालिकाको अध्यक्षमा दौलतकुमार कुलुङ राई निर्वाचित बनेका हुन् ।

निर्वाचन आयोगका अनुसार २०७४ को स्थानीय तह निर्वाचनमा देशभरबाट ६ जना स्वतन्त्र उम्मेदवारले पालिकाको प्रमुख/अध्यक्षमा जित हात पारेका थिए । सो संख्या दोब्बरभन्दा बढी भएको हो । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा दुई, गाउँपालिका अध्यक्षमा चार, उपाध्यक्षमा पाँच, वडाध्यक्षमा ९१ र वडा सदस्य १ सय ३१ गरी २ सय ३३ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो लेखेका छन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ७ : ०८ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा