१३ पुस २०८२, आइतबार | December 28, 2025

सिम्रौनगढको नगरकार्यपालिका निर्वाचन कार्यतालिका स्थगित



बारा । सिम्रौनगढ नगर कार्यपालिकाका लागि हुने भनिएको निर्वाचन प्रक्रिया अर्को सूचना प्रकाशन नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय सिम्रौनगढले सूचना जारी गर्दै कार्यपालिका सदस्यको लागि दलित, अल्पसंख्यक र महिला समुदायबाट चयन गरिने सदस्यको निर्वाचन स्थगित गरेको हो ।

नगर कार्यपालिका सदस्य चयनका लागि बिहीबार २ बजेका लागि मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका सार्वजनिक भएको थियो । तर कांग्रेसबाट निर्वाचित वडाध्यक्ष दिनदयाल मुखिया लगायत ३६ जनाले पद तथा गोपनियताको शपथग्रहण, पत्र प्रमाणित तथा कार्यपालिका सदस्य निर्वाचन कार्यतालिका स्थगित गर्न माग गर्दै निवेदन दर्ता गराएपछि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका स्थगित गरेको हो ।

कांग्रेसबाट नगरमा निर्वाचित सदस्यले कार्यपालिका सदस्यको निर्वाचन रोक्न माग गर्दै सिम्रौनगढ नगरपालिका कार्यालयअगाडि बिहीबार दिउसो नारा, जुलुस र होहल्लासमेत गरेका थिए ।

११ वटा वडा रहेको सिम्रौनगढमा कांग्रेसबाट ८ वडा अध्यक्ष, लोसपाबाट ३ र नेकपा एकीकृत समाजवादीबाट १ जना वडा अध्यक्षमा निर्वाचित भएका छन् । नगरपालिकाको उपमेयरमा पनि लोसपा विजयी भएको हो ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ८ : २४ बजे

एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याइँदै

काठमाडौं । नेकपा (एमाले) ले ११ औँ महाधिवेशनपछिको पहिलो सचिवालय

समीक्षाका गीतमा झुमे दर्शक

गण्डकी । गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिईन

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

गलकोट । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका

आजको मौसम : तराईमा हुस्सु , हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि