११ चैत्र २०८२, बुधबार | March 25, 2026

लमजुङ जिसस चुनावमा कांग्रेस-माओवादी मिले पनि एमालेको एकल बहुमत



लमजुङ । लमजुङमा स्थानीय तह निर्वाचन मतपरिणाम अनुसार जिल्ला समन्वय समितिमा नेकपा एमालेको एकल बहुमत देखिएको छ । आठ स्थानीय तहको परिणामअनुसार एमालेको प्रमुख र उपप्रमुखको संख्या बढी छ ।

एमालेबाट बेसीशहर, मर्स्याङदी र क्होलासोँथारमा पालिका प्रमुख र उपप्रमुख दुवैमा जित हासिल गरी जिससका लागि ६ मत पक्का गरेको छ भने दोर्दीमा अध्यक्ष, सुन्दरवजार र मध्यनेपालमा उपप्रमुख पदमा जित हासिल गरी थप तीन मत रहेको छ ।

नेपाली कांग्रेसले राईनास, सुन्दरबजार, मध्यनेपाल र दुधपोखरी गरी जिल्लाका चार स्थानीय तहमा पालिका प्रमुखमा जित हासिल गरी चार मत पक्का गरेको छ भने दोर्दीमा उपाध्यक्ष पदमा जितेर थप एक मत पक्का गरेको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट राईनास र दुधपोखरीमा पालिका उपप्रमुख पदमा जित हासिल गरी जिसस निर्वाचनका लागि दुई मत बनाएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचन प्रावधान अनुसार लमजुङमा १६ मत भार रहेको छ । निर्वाचन कार्यविधि अनुसार आठ स्थानीय तहका प्रमुख र उपप्रमुख जिल्ला समन्वय समिति निर्वाचनको मतदाता हुनेछन् । जिल्ला समन्वय समितिका लागि १६ मतमध्ये नौ मत नेकपा एमालेको रहेको छ भने कांग्रेसको पाँच मत र नेकपा माओवादीको दुई मत छ ।

कांग्रेस माओवादीबीच तालमेल भएमा पनि जिल्ला समन्वय समितिमा एमाले नै बलियो हुनेछ । जिल्ला समन्वय समितिका निर्वाचनका लागि सम्भावना बढेसँगै एमालेबाट आकांक्षि बढ्न थालेका छन् ।

स्थानीय तहको कुनै एक पदमा निर्वाचित व्यक्तिले मात्रै जिसस निर्वाचनमा उम्मेदार बन्न पाउने प्रावधान छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ९ : ३८ बजे

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी