१६ बैशाख २०८१, आइतबार | April 28, 2024

प्रेस युनियनको समानान्तर भेला सुरु, महाधिवेशनको अलग्गै मिति तोक्ने तयारी



काठमाडौं । पटकपटक महाधिवेशनको मिति सारेका भन्दै प्रेस युनियन आवद्ध असन्तुष्ट पक्षले काठमाडौंमा समानान्तर भेला आह्वान गरेका छन् ।

पूर्वनिर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेशन तीन महिनापछि अर्थात १३-१४ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानान्तर भेला आयोजना गरेका हुन् ।

काठमाडौंस्थित अनुपम फुडल्याण्डमामा जारी भेलाले जेठ मसान्तभित्र महाधिवेशन गर्ने बारेमा छलफल गर्ने सचिव नकुल अर्यालले जानकारी दिए । ‘‘विगत ८ वर्षदेखि युनियनको महाधिवेशन हुन सकेको छैन, आजै उदघाटन गर्नुपर्ने अधिवेशन सारेर भदौ १३-१४ पुर्‍याइएको छ,’ अर्यालले न्युज कारखानासँग भने, ‘महाधिवेशन गर्न अक्षम नेतृत्वको खिलाफमा बहुमत पदाधिकारीसहित केन्द्रीय सदस्यको भेलाले महाधिवेशनको मिति तय गर्नेछ ।’ वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, सचिव सलोजा दाहाल, खिला कार्की र केन्द्रीय सल्लाहकार शिव लम्साललगायत पूर्वअध्यक्षको भेला भइरहेको हो ।

प्रेस युनियन स्थापना दिवसको अवसरमा आयोजित भेलालाई पूर्वअध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाउँदै देशैभरीबाट जिल्ला अध्यक्षहरु काठमाडौं आएका छन । सो भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा इत्तरका समर्थक पत्रकारहरुको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १० : ५३ बजे

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय