१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

निजगढमा विमानस्थल नबनाउने सर्वोच्चको आदेश कतैको प्रभावमा परेर भएको छ : मन्त्री झाँक्री



काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छिन् ।

शुक्रवार नयाँ शहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । झाँक्रीले सर्वोच्चले गरेको यो निर्णय कुन आधारमा टेकेर गरेको निर्णय हो भन्दै प्रश्न गरिन । उनले अदालतले रुख फाँडने कुरा, जग्गा अतिक्रमण गरेर बसेकाहरुको कुरालाई समातेर गरेको निर्णय भए त्यसको विकल्प खोज्न सकिने तर यो आदेश कसैको प्रभावमा आएर भएको आरोप लगाइन । मन्त्री झाँक्रीले सबै न्यायाधीशहरु प्रधानन्यायाधीश हुने लाइनमा रहेको भए ंसदमा आएर फेस गर्नसमेत चुनौती दिइन । उनले सरकारले विमानस्थलको बुटा मात्रै काटने निर्णय गरेको हो भने मात्रै सर्वोच्चको यो निर्णय सही हुनसक्ने बताइन ।

मन्त्री झाँक्रीले भनिन् ‘अदालतले निजगढ नबनाउ भन्यो । अदालतले निजगढ एयरपोर्ट नबनाउ भन्दै गर्दा कुन कुरालाई समातेर निर्णय भएको छ भन्ने कुरा हेरौँ । ८ हजार कि कति हेक्टरमा रुख फाँडने कुरालाई भनेको छ भने त्यसको विकल्प दिन सकिन्छ । त्यहा अव्यवस्थित ढंगले जग्गा अतिक्रमण गरेर बसेकाको अधिकारलाई टेकेर त्यो कुरा गरेको हो भने त्यसको अर्को उपचार गर्न सकिन्छ । यदी त्यहाँ एयरपोर्ट चल्दैन भन्छ भने त्यसको बारेमा अर्को उपचार गर्न सकिन्छ । तर न्यायालय पनि आज प्रश्न भन्दा बाहिर छैन नि । प्रत्येक न्यायाधीशहरु यदी प्रधानन्यायाधीश हुने लाइनमा छन भने पाल्र्यामेण्टमा आएर फेस गर्नुपर्छ । त्यो भनेको पब्लिकलाई फेस गर्नु हो । हाम्रो संविधानमा भएको धेरै राम्रो व्यवस्था हो यो । यो पहिलोपटक भयो अन्तरिम संविधान निर्माण यता । त्यसैले श्रीमानहरुले गरेको निर्णय सम्मानित अदालतको आदेश सरकारले मान्छ तर तपाईहरुले कुन कुरा, कुन प्रिन्सिपललाई टेकेर निर्णय गर्नुभयो ? सरकारको भेष्टेट इन्ट्रेस बुटामात्रै काटने छ भने अदालतले गरेको निर्णय ठिक हो । नेपालमा अर्को ठाउँमा शहर विकास गर्ने, अन्तर्राष्ट्रिय अर्को एयरपोर्ट बनाएर ट्रान्जिट गर्न सहज बनाउने हो भने श्रीमानहरु यो निर्णय गर्दा कतैबाट प्रभावित पो हुनुभयो कि ? निवेदकहरु कतैबाट प्रभावित भएर यो काम गरिाख्नुभएको छ कि ? हामीले यहाँबाट हेर्नुपर्छ ।’

मन्त्री झाँक्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार संसदमा गरेको सम्बोधनमाथि पनि प्रश्न उठाइन । उनले अध्यक्ष ओलीले गरेको सम्बोधनको कुनै तुक नरहेको टिप्पणी गरिन् । मन्त्री झाँक्रीले गफले मात्रै देशको समृद्धि हुननसक्ने भन्दै साढे तीन घण्टा बोल्न आफूले पनि सक्ने बताइन । उनले कुर्सीमा बसेर अध्यक्ष ओलीले गरेको सम्बोधनप्रति लक्षित गर्दै आफू बोलरै आएको हुनाले साढे तीन घण्टा बोल्न कुनै गाह्रो नभएको र कुर्सीमा नबसीकनै बोल्न सक्नेभन्दै व्यंग्य गरिन् ।

मन्त्री झाँक्रीले भनिन् ‘हाम्रो पूर्व प्रधानमन्त्रीले भन्नुभयो कि भ्यूटावर समृद्धिका द्योतक हुन भन्नुभयो । हुन, त्यसमा हामीलाई कुनै सन्देह छैन । तर एउटा टावर मात्रै समृद्धिको द्योतक हो कि, त्यस वरपरको प्लानिङ,त्यो अनुसारको इकोनोमी ग्रोथ, त्यो अनुसारको इन्फास्ट्रक्चर, त्यो अनुसारको साइडमा त्यसलाई सस्टेन हुने अरु पूर्वाधार । एक ठाउँमा साढे ३ अर्बको टावर ठडयाएर समृद्धि आउँछ त ? कमर्सियल सिहवाले भन्ने हो भनेपनि त्यो टावर सस्टेन गर्नको लागि त्यसमा अरु चाहिन्छ कि चाहिँदैन । मान्छे जानुपर्छ, रमिता हेर्न, मान्छे जाने पूर्वाधार, कति चाहिन्छ, त्यसको कोरिलेशन हुँदैन र ? गफै दिएर हुन्छ अहिलेसम्म । गफैमा जम्मे कुरा गर्ने हो भने साढे तीन घण्टा बोल्न त मलाई पनि आउँछ । बोलेरै आएकी हुँ उहिले । तर साढे तीन घण्टा बोल्दै गर्दा कति क्रेडिबल कुरा गरेँ, कति कन्सिटेन्सीका साथ कुरा गरेँ भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । म त अझै आफनै खुटटामा उभिएर बोल्न सक्छु, कुर्सी पनि चाहिँदैन ।’

मन्त्री झाँक्रीले नीति नियमको दुरुपयोगका कारण चक्रपथ बाहिरको सडक नबनेको दाबी गरिन । उनले बञ्चरे डाँडामा फोहोर फाल्न नदिने काम काठमाडौंवासीहरुले नै त्यहाँको जग्गा किनेर स्थानीयहरुलाई उचालेको आरोप लगाइन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १ : १६ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना