१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

आवश्यकताको आधारमा परियोजना बैक बनाएर आयोजना छनौट गरिने



उदयपुर । प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० को बजेटमा प्राथमिकता तथा आवश्यकताको आधारमा परियोजना बैक बनाएर आयोजना छनौट गर्ने नीति लिएको छ । प्रदेश सरकारको योजना आयोगमार्फत परियोजना बैक निर्माण गर्ने र स्थानीय तहले छनौट गरेर पठाएका योजनाहरु प्राथमिकताको आधारमा कार्यान्वयन गर्ने नीति अख्तियार गर्ने तयारी गरिएको प्रदेश १ सरकारका आन्तिरिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले जानकारी दिए ।

प्रदेश सरकार, आन्तरिक मामिला तथा योजना मन्त्रालयले जिल्ला सदरमुकाममा आयोजित आर्थिक बर्ष २०७९/८० को बजेट तर्जुमा छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ईन्द्र आङ्बोले सो जानकारी दिएका हुन् ।

जथाभाबी योजना छनौट हुने विद्यमान अवस्थाको अन्त्य गर्न परियोजना बैकको अबधारणा अगाडि ल्याइएको उनले बताए । मन्त्री आङ्बोले तीन तहका सरकारको आ आफ्नै वित्तीय अधिकार प्रयोग गर्ने गरेकोमा मालपोत, सवारी कर तथा प्राकृति श्रोत साधन उपयोग करबाट हुने आम्दानीले प्रदेश सरकार चलेको मन्त्री आङबोले जानकारी दिए ।

प्रदेश सरकारको नीति तथा कार्यक्रमको बारेमा सुझाब तथा छलफल गर्ने क्रममा उदयपुरका ६ वटा पालिकाका नवनिर्वाचित नगर प्रमुख तथा पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखको उपस्थित थियो ।

कार्यक्रममा पालिका प्रमुखहरुले प्रदेश सरकारले बनाउने बजेटमा गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक कालोपत्रे हुनु पर्ने, विद्युत ,खानेपानी, सिचाई र नदी नियन्त्रण जस्ता समस्याहरुलाई समाधान हुने गरि योजना बनाउन सुझाव दिएका थिए ।

आगामी आर्थिक वर्षको योजना र बजेट तर्जुमाबारेमा प्रदेश १ सरकारका आन्तरिक मामिला तथा योजना मन्त्रालयलका सचिव कालिप्रसाद पराजुलीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि सहभागीहरुबाट उठाइएका विभिन्न प्रश्नहरुको मन्त्री आङ्बोले संक्षिप्त रुपमा जवाफ दिएका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ६ : ४७ बजे

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको