१८ श्रावण २०८३, सोमबार | August 4, 2026

गणतन्त्र दिवसको अवसरमा ८३४ जना कैदीको सजाय मिनाहा



काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८३४ कैदीको सजाय मिनाहा माफी मिनाहा गरेकी छन् ।

सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले कानून अनुसार तोकिएको कैद भुक्तान गरेका खड्ग श्रेङ लिम्बुसहित २७१ जनाको बाँकी कैद माफी मिनाहा गरेकी हुन् ।

त्यस्तै, असल चालचलन भएका नरबहादुर साँवासमेत ५४७ जनाको बाँकी कैद सजाय माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले कैद सजाय माफी मिनाहा गरेकी हुन् ।

यसका लागि मन्त्रिपरिषद्को जेठ १० गतेको बैठकले राष्ट्रपति समक्ष सिफारिश गरेको थियो । यो जेठ १५ गतेदेखि लागू हुनेछ ।

जेठ १५ गते गणतन्त्र दिवस मनाइने गरेको छ । गणतन्त्र दिवसका अवसरमा हरेक वर्ष कैद माफी मिनाहा हुँदै आएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ७ : ०७ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क