१३ पुस २०८२, आइतबार | December 28, 2025

गणतन्त्र दिवसको अवसरमा ८३४ जना कैदीको सजाय मिनाहा



काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८३४ कैदीको सजाय मिनाहा माफी मिनाहा गरेकी छन् ।

सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले कानून अनुसार तोकिएको कैद भुक्तान गरेका खड्ग श्रेङ लिम्बुसहित २७१ जनाको बाँकी कैद माफी मिनाहा गरेकी हुन् ।

त्यस्तै, असल चालचलन भएका नरबहादुर साँवासमेत ५४७ जनाको बाँकी कैद सजाय माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले कैद सजाय माफी मिनाहा गरेकी हुन् ।

यसका लागि मन्त्रिपरिषद्को जेठ १० गतेको बैठकले राष्ट्रपति समक्ष सिफारिश गरेको थियो । यो जेठ १५ गतेदेखि लागू हुनेछ ।

जेठ १५ गते गणतन्त्र दिवस मनाइने गरेको छ । गणतन्त्र दिवसका अवसरमा हरेक वर्ष कैद माफी मिनाहा हुँदै आएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ७ : ०७ बजे

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार