१३ पुस २०८२, आइतबार | December 28, 2025

१४ वर्षसम्म पनि सुध्रिएन बेनी-भकुण्डे सडकको अवस्था



म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका-२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्र्याक खुलेको १४ वर्ष भयो ।

विसं २०६५ मा ट्र्याक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु भएपछि ‘ग्रेड’ नमिलेको हिलाम्ये सडकमा मोटरसाइकलसमेत चलाउन मुस्किल हुने स्थानीयको गुनासो छ ।

यो सडकमा न यातायातका साधन नै सञ्चालन भएका छन् न त सडकको स्तरोन्नतिमा नै कसैले चासो दिएको छ । यो सडक मर्मत गर्न अहिलेसम्म करिब एक करोड खर्च भइसकेको भए पनि सडकको अवस्था भने खराब हुँदै गइरहेको स्थानीयको गुनासो छ ।

यहाँ अहिलेसम्म ट्र्याक्टर, र मोटरसाइकलबाहेक ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । स-साना सवारीसाधन पनि पानी नपर्दाको दिन र हिउँदका महिनामा मात्रै सञ्चालन हुने गरेको बेनी नगरपालिका २ ज्यामरुककोटका यामबहादुर थापाले बताए ।

मर्मत र स्तरोन्नतिका लागि एक करोडको हाराहारीमा नगरपालिका र प्रदेश सरकारले खर्च गरे पनि अलिअलि पानी पर्दा समेत मोटरसाइकल चलाउन नसकिने गरेको उनको भनाइ छ ।

उक्त सडकखण्डको रोहोटे, कन्थराजथान क्षेत्र र सल्लेरीको तल्लो क्षेत्रमा पटक-पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरूपमा डोजर मात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा यातायातका साधन सञ्चालन हुन नसकेका स्थानीयवासीको भनाइ रहेको छ ।

निवर्तमान वडाध्यक्ष हीराबहादुर थापाले कमजोर भू-बनोट, धेरै घुम्ती भएको र वन क्षेत्र रहेकाले बेनी-भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको बताए ।

सडकको स्तरोन्नतिलाई ठूलै बजेट आवश्यक पर्ने भएकाले नगरपालिकाबाट मात्रै सम्भव नभएकाले प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास थालिने बेनी नगरपालिका-२ का नवनिर्वाचित वडाध्यक्ष यामबहादुर कार्कीले बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ७ : १३ बजे

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार