१८ श्रावण २०८३, सोमबार | August 4, 2026

दुई बर्ष पछि ९ हजार नेपाली कोरिया जादै, जेठ १९ गतेबाट परिक्षा सुरु हुने



काठमाडौं । दुई बर्ष देखी स्थगित भएको कोरियन भाषाको परिक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने भएको छ ।

स्थानिय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परिक्षा जेठ १९ गतेबाट सुचारु गर्न लागिएको हो ।

बैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएको भएपनि स्थानिय तह निर्वाचनका कारण स्थगित भएको परिक्षा तीन सिफ्टमा सञ्चालन हुनेछन ।

वैदेशिक रोजगार बिभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परिक्षार्थीलाई परिक्षा दिन मिल्ने गरी बिभागले तयारी गरिरहेको छ ।

कोरियन भाषा परिक्षामा उर्तिणहरु मध्ये ६ हजार ९ सय ९३ उत्पादनमुलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ५ सय १३ नेपालीहरुलाई यसै बर्ष दक्षिण कोरिया पठाउने गरी परिक्षा लिन लागिएको हो । वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरियामा जानका लागि ४३ हजार भन्दा बढीले आवेदन दिएको बिभागले जनाएको छ ।

हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन भने पछिल्ला दुई बर्षमा विश्वब्यापारी महामारी कोरोना संक्रमणका कारण परिक्षा हुन नसके पनि सन २०२२ मा भने नेपालीलाई लान कोरिया मञ्जुर देखिए पछि परिक्षा सुरु गर्न लागिएको हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ७ : ३७ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क