२ चैत्र २०८२, सोमबार | March 16, 2026

एभरेष्टमा दुई दिने आँखा शिविर सम्पन्न



बुटवल । बुटवल-८ सुख्खानगरमा रहेको एभरेष्ट ईङ्गलिस माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि राखिएको दुई दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

एभरेष्टका कक्षा एकदेखि दश कक्षासम्मका विद्यार्थीलाई केन्द्रीत गरि राखिएको आँखा शिविरमा विद्यार्थीको सामान्य आखाँ परिक्षण, दुर, अदुर दृष्टि दोष लगायतका रोगको परीक्षण गरिएको विद्यालयका सहायक प्रिन्सिपल भिमसेन गौतमले जानकारी दिए ।

बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोग तथा एभरेष्ट स्कुलको संयोजनमा भएको उक्त आँखा शिविरमा एक हजार सात सय विद्यार्थीहरुको आँखा परीक्षण गरिएको थियो । लायन्स आँखा अस्पतालका सहायक नेत्र विशेषज्ञ धमयन्ती राना, लक्ष्मी चौधरी, शिक्षा आचार्य, निकिता भट्टराई, निरञ्जन चौधरी, विनोद चौधरी, गंगाबहादुर बुढा लगायतको टोलीले विद्यार्थीहरुको आँखा परीक्षण गरेको थियो ।

आँखा परीक्षण शिविरमा ५० जना विद्यार्थीहरुमा दृष्टिदोष देखिएको र बाँकी सबैको अवस्था सामान्य रहेको विद्यालयका प्रिन्सिपल कृष्ण न्यौपानेले जानकारी दिए । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको स्वास्थ्यबारे सचेतना बाढ्न तथा स्वास्थोपचारमा सघाउ पुर्याउनका लागि आँखा लगायतका शिविरको आयोजना गर्दै आएको उनले बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  १० : ३८ बजे

ड्रोन घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनसँग सम्बन्धित एक घटनापछि उडानहरू

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका