४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवल उपमहानगरपालिकामा विजयी नेवाः जनप्रतिनिधिहरुलाई सम्मान



बुटवल । नेवा: सेवा समिति बुटवलले बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, सम्मान कार्यक्रम गरेको छ ।

स्थानिय निर्वाचनमा बुटवल उपमहानगरपालिकाका विभिन्न वडाका विजेता वडाअध्यक्ष, सदस्यहरुलाई नेवा: सेवा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, बुटवलका उद्योगी समाजसेवी देविध्वज श्रेष्ठ, सल्लाहकार गोबिन्द कृष्ण कर्माचार्य, सल्लाहकार नवराज श्रेष्ठ, समितिका सचिव लक्ष्मण श्रेष्ठ, सदस्य लक्ष्मी श्रेष्ठले सम्मान पत्र, खादा र टिका लगाएर सम्मान गरेक छन् ।

कार्यक्रममा वडा नं ९ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठ, वडा नं ५ वडाअध्यक्ष हरिप्रसाद श्रेष्ठ, वडा न २ का वडाअध्यक्ष सुनिल शाक्य, वडा नं २ का वडा सदस्य गौतमलाल शाक्य, वडा नं ३ का वडा सदस्य पवित्रादेवि श्रेष्ठ, वडा नं ४ सदस्य अरुण कुमार श्रेष्ठ, वडा नं ५ सदस्य यमुना श्रेष्ठ, वडा नं ६ चिनकाजी श्रेष्ठलाई दुबोको माला लगाईदिएर बधाई तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा सल्लाहकार नवराज श्रेष्ठले नेवारी संस्कार, संस्कृति जगेर्नाको मुल उदेश्य सहित समाजमा विवाद उत्पन्न नगर्ने गरि कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिए । नेवार जातिहरुले ठाउँ बसाईसराईसंगै नया क्षेत्रको आर्थिक विकाससंगै संचारको माध्यमका रुपमा समुदायमा योगदान दिएको दाबी गर्दै यसको आफैले फाईदा लिन नसकेको दुखेसो गरे ।

कार्यक्रममा समाजसेवी तथा समितिका चिरञ्जीवी जोशीले आफ्नै भाषा, संस्कृति, पहिचान भएको नेवार समुदाय अहिले पछि परेको भन्दै यसको संरक्षणमा संस्थागत रुपमा लाग्नुपर्ने बताए ।

वडा नं ९ का वडाअध्यक्ष प्रदिप श्रेष्ठ, वडा नं ५ वडाअध्यक्ष हरिप्रसाद श्रेष्ठले नेवारी भाषा, संस्कार र संस्कृति जगेर्ना गर्ने प्रतिवद्धता  जनाए । बुटवल उपमहानगरपालिकाको १९ वडामा २८ जना जनप्रतिनिधिहरु उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ५ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको