२७ बैशाख २०८३, आइतबार | May 11, 2026

मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रिय क्रिकेट विभागको प्रथम भेला एवं विभाग बिस्तार



काठमाडौं । जननेता मदन भण्डारीको विचार र खेलको विस्तार गर्न भन्दै मदन भण्डारी स्पोटर्स एकेडेमीले विभिन्न विभाग गठन थालेको छ ।

यसैक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रिय क्रिकेट विभाग गठन भएको छ । काठमाडौंमा शनिबार सम्पन्न भएको प्रथम भेलाले क्रिकेट विभाग गठन गरेको हो ।

भेलाले एकेडेमी क्रिकेट विभाग प्रमुख शक्ति गौचनको नेतृत्वमा उपप्रमुखमा धर्मेन्द्र ठाकुर जनकपुर र सचिबमा गणेश गौडेल रुपन्देही रहेको विभाग विस्तार गरेको हो ।
विभागका सदस्यहरुमा लाक्पा लामा झापा, राजकुमार प्रधान मोरंग, ईरफानउलहक अन्सारी सुनसरी, हसिम अन्सारी विरगञ्ज, आकाश थापा चितवन, प्रकाश खनाल पोखरा, दिवाकर थापा स्याञ्जा, अमित तामाङ दाङ्ग, प्रमोद चन्द बर्दिया, रोशन पुरामी मगर काठमाडौं, हरिशंकर साह जनकपुुर, बिनोद लामा धनगढी, नारायण पाण्डे काठमाडौं, रमेश सिंह साउद कञ्चनपुर चयन हुनु छ । त्यस्तै रुपन्देहीका अन्तिम थापा, शबिर खान, पाल्पाका आदित्य पाण्डे,कपिलबस्तुका रितु श्रीवास्तव लगायत विभागका सदस्य चयन भएका छन ।

कार्यक्रममा प्रमुख अतिथी एकेडेमीका संस्थापक अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका निवर्तमान सदस्य सचिब रमेश सिलवालले अन्य राष्ट्रहरुमा खेलमा राज्यले लगानी गर्ने गरे पनि नेपालमा आफैले लगानी गर्नुपर्ने बाध्यता रहेको बताए ।

नेपालमा क्रिकेटको निकै धेरै सम्भावना भएको गर्दै उहाँले नेपाली क्रिकेटका खेलाडीहरुले विश्वस्तरमा प्रतियोगिताहरुमा क्षमता देखाउन सक्षम रहेको उल्लेख गरे । बिगतमा क्रिकेटको बिकासका लागि आफू नेतृत्वमा रहँदा खेलकुद परिषदले धेरै प्रयास गरेको चर्चा गर्दै उहाँले अनेक चुनौतिहरुलाई चिर्दै अघि बढ्न जरुरी रहेको बताए ।

खेल विकासका लागि अनुशासन,पूर्वाधार र प्रशिक्षण अति जरुरी रहेको भन्दै उनले अब हरेक शिक्षण संस्थामा एक जना खेल शिक्षक अनिवार्य गर्नुपर्ने उल्लेख गरे ।
विशिष्ट अतिथी, एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले खेलकुदले हरेक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउदै एकेडेमीले खेल र खेल शिक्षालाई देशब्यापी बिस्तार गर्न लागेको बताए ।

लोकप्रीय खेल विधा बनेको क्रिकेटको बृहत्तर विकासका लागि एकेडेमीले काम अघि बढाईसकेको चर्चा गर्दै उनले देशभर बिभिन्न स्तरका प्रतियोगिता र खेल जागरण चलाउन शुरु गरिएको बताए ।

अध्यक्ष आचार्यले छिट्टै एकेडेमीका सबै विभागहरुलाई पूर्णता दिदै बिधागत गतिबिधि तीब्र पारिने समेत जानकारी गराए ।

अध्यक्षको आसनबाट बोल्दै एकेडेमीका केन्द्रिय क्रिकेट विभाग प्रमुख शक्ति गौचनले नेपालभर क्रिकेटको बिकासका लागि विशेष अभियान थालिएको बताए । हरेक जिल्लाहरुमा क्रिकेटका दक्ष खेलाडीहरु उत्पादन गर्दै बिभिन्न स्तरका प्रतियोगिता र खेल शिक्षा बिस्तार गरिने उनले बताए । पहिलो चरणमा रुपन्देहीमा १४ बर्ष मुनिको प्रतियोगिता सफल भएको चर्चा गर्दै उनले मेचीदेखि महाकालीसम्म क्रिकेट बिकासमा नयाँ लहर ल्याउने उनले बताए ।

एकेडेमीका केन्द्रिय सचिब डा.शक्ती बस्नेतले खेल र स्वास्थ्य एकअर्काका परिपूरक भएको चर्चा गर्दै एकेडेमीले उत्साहजनक तरिकाले गतिविधि अघि बढाएको बताए ।

कार्यक्रममा एकेडेमीका केन्द्रिय सल्लाहकार दीपक ज्ञवाली, क्रिकेटका अन्तराष्ट्रिय प्रशिक्षक तथा खेल लेखक समिर खान, एकेडेमीका केन्द्रिय कार्यलय सचिब बिनोद आचार्य, केन्द्रिय सदस्यहरु डा.सुवास चौधरी, डा.प्रकाश पौडेल, निलम बज्राचार्य, सदिना श्रेष्ठ, बिकु महर्जन, प्रेम सुवेदी लगायतले विभागका गतिविधि र पदाधिकारी एवं सदस्यहरुलाई शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ८ : १५ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको