१२ बैशाख २०८१, बुधबार | April 24, 2024

टुँडिखेलमा मनाइयो १५ औं गणतन्त्र दिवस (तस्बिरमा हेर्नुहोस्)



काठमाडौं । काठमाडौंको टुँडिखेलमा १५ औँ गणतन्त्र दिवस मनाइएको छ ।

सैनिक मञ्च टुँडिखेलमा आइतबार बिहान आयोजित गणतन्त्र दिवनसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी छिन् ।

गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको समेत उपस्थिति रहेको थियो ।

नेपाली सेनाको हेलिकोप्टरबाट पृष्पवृष्टिसहित शुभारम्भ भएको सो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेका थियो ।

समारोहमा ‘मेरो टोपी कैलाशको शीरजस्तो…’, बनेको छ पहराले यो छाती मेरो…’ र ‘.. स्वदेशको सेवा नेपाली भन्नलाई…’ बोलका गीत सङ्गीत गुञ्जिएका थिए । प्रतिकूल मौसमका कारण यसवर्ष विविध जाजातिगत झाँकी र प्रदर्शनी भने राखिएको थिएन ।

जनताको बलिदानीपूर्ण सङ्घर्षको फलस्वरुप २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य भई गणतन्त्रको घोषणा भएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १० : ०९ बजे

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने