पोखरा । पोखराबाट १९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको जहाज आधा घण्टादेखि सम्पर्कविहीन भएको छ ।
प्रहरी स्रोतले दिएको जानकारीअनुसार जहाज पोखरा विमानस्थलबाट ९ः५५ मा उडेको थियो भने अवतरण समय १०ः१५ मा थियो ।
१०ः१० सम्म जहाज घोडेपानी भन्ने स्थानसम्म सम्पर्कमा रहेको प्रहरी स्रोतले जानकारी दियो ।
9N ATE कलसाइनको जहाजमा चालकदलका सदस्यसहित १९ जना यात्रु रहको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन । थप विवरण आउन बाँकी छ ।



















प्रतिक्रिया