२७ बैशाख २०८३, आइतबार | May 11, 2026

लार्जुङका शिक्षक विरेन्द्र भन्छन्ः विमानको आवाज सुनेका थियौं, आर्मीको टिम जाँदै छ



पोखरा । पोखराबाट आइतबार बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज लार्जुङ आसपास दुर्घटना भएको अनुमान गरिएको छ । त्यहाँका एकजना शिक्षक वीरेन्द्र लामिछानेका अनुसार लार्जुङमा एसेम्ब्ली गर्ने बेला आवाज आएको थियो ।

‘हामी एसेम्ब्ली गर्दै थियौं । स्कुलमाथि तिर जहाजको आवाज आइरहेको थियो । केही साथीहरूले डोल्पा हिड्न लागेको भनेर ठट्टा गर्नुभयो । एकजनाले यो अब हराउने भयो भनेर पनि चर्चा गर्नुभयो,’ उनले भने, केहीबेरमा आवाज आयो । जहाज सम्पर्कविहीन भएको समाचार पनि सुन्यौं ।’

उनका अनुसार अहिले त्यस क्षेत्रमा हेलिकोप्टर घुमिरहेको छ । ‘हेलिकोप्टर घुमिरहेको छ । लार्जुङको खोंच हामी यहाँबाट जान सजिलो छैन । कहाँनिर खस्यो भन्ने थाहा छैन । यहिँ निर खसेको भन्ने आशंका छ,’ उनले भने, ‘म बसेको ठाउँबाट आर्मीहरु धेरै गइरहेका छन् ।’ यो थासाङ गाउँपालिकाको वडा नम्बर २ कोवाङ नजिक पर्छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १ : २६ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको