१५ भदौ २०८३, सोमबार | September 1, 2026

न्यायालयको अवस्था सुधारोन्मुख छ : कामु प्रधानन्यायाधीश कार्की



काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयको अवस्था सुधारोन्मुख रहेको बताएका छन् ।

आइतबार नेपाल कानून व्यवसायी परिषद्को लयर्स एकेडेमी व्यवस्थापन समितिद्वारा आयोजित ७ दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले न्यायालयको अवस्थाबाट पहिले भन्दा सुधार भएको बताए । कार्कीले आफुले सर्वोच्च अदालतको नेतृत्व लिएपछि मुद्दाको फस्र्योट बढेको बताउनुभयो । उहाँले आफु नेतृत्वमा आउँदा मुद्दाको फस्र्योट प्रतिशत ८ प्रतिशत रहेकोमा अहिले बढेर १५ प्रतिशत पुगेको बताए । उनले भने, – ‘न्यायपालिका अहिले सुधारोन्मुख छ । हामीले विभिन्न अवरोधहरु, विभिन्न प्रवृत्तिहरु, विकृतिहरु, विसंगतिहरु बेहो-यौँ । भोग्यौँ । र त्यो सुधार गर्नको निमित्त कानून व्यवसायीको क्षेत्रबाट, न्यायाधीशको क्षेत्रबाट हामीले भोगेर यसलाई सुधार गर्नुपर्छ भनेर प्रतिवद्धताको साथ अहिले हामी आएका छौँ । म प्रतिवद्धता व्यक्त गर्न चाहान्छु, न्यायपालिकालाई अब हामीले यो भन्दा पहिलेको स्थिति भन्दा फरक ढंगबाट हेर्नुपर्छ । यसलाई समृद्ध रुपमा अगाडी बढाउनुपर्छ भन्ने कुरामा म फेरीपनि त्यो कुरा राख्न चाहान्छु । मैले आफुले नेतृत्व लिदाँ हाम्रो सर्वोच्च अदालतको मुद्दाको फस्र्योट प्रतिशत ८ प्रतिशत थियो । ८ प्रतिशतबाट मैले विभिन्न ढंगबाट त्यसलाई फोकस गरेर अहिले प्रत्येक महिनाजसो २ प्रतिशतको दरले बढाएर अहिले हिजो सम्मको स्थितिमा १५ प्रतिशत मुद्दा फैसला भएको छ । त्यसमा उल्लेखनीय रुपमा पुराना मुद्दाहरु फैसला भएका छन् । विशेष गरेर उच्च अदालत र जिल्ला अदालत भन्दापनि सर्वोच्च अदालतप्रति धेरै गुनासोहरु छन् । धेरै मुद्दाहरु फस्र्योट हुन सकेनन् । पुराना मुद्दाहरु धेरै रहे भनेर त्यसमा सुधार गर्न खोजिरहेका छौँ ।’

कामु प्रधानन्यायाधीश कार्कीले तत्कालका लागि गोलाप्रथाको विकल्पमा जान नसकिने स्पष्ट पारे । उनले अटोमेशनमा जाने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै अटोमेशनमा जानु अघिसम्म गोलाप्रथाबाटै मुद्दा हेरिने बताए । उनले भने,– ‘गोलाको विकल्प तत्काल हामी जानसक्ने अवस्था पनि छैन । हरिकृष्ण कार्कीको प्रतिवेदनले पनि अटोमेशनमा जाने हो र अटोमेशनमा नजाँदासम्म, अटोमेशनको कार्यान्वयन नहुँदासम्म हामी गोला प्रक्रियाबाट नै मुद्दा हेर्ने भएको हुनाले अहिले हामी अरु कुरामा विचार गर्न सक्ने पक्षमा छैनौँ र अटोमेशनमा जानका लागि प्रक्रिया सुरु भइसकेको छ । बजेटको पार्टमा फुल कोर्टले पनि पास गरिसकेर अर्थ मन्त्रालयमा बजेटको माग गरिसकेका छौँ । र अटोमेशन कार्यान्वयन हुन्छ भन्ने मलाई लाग्छ ।’

कार्कीले अटोमेशनमा जानका लागि अर्थमन्त्रालयसँग बजेट माग गरिसकिएकाले अटोमेशनको प्रक्रिया छिट्टै कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १ : ४१ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,