१३ पुस २०८२, आइतबार | December 28, 2025

जहाजमा अर्का पाइलट पनि थिए, जो बिदा मनाउन जोमसोम जाँदै थिए



काठमाडौं । आइतबार सम्पर्कविहीन तारा एयरको जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए । जसमा दुई जना तेस्रो मुलुकका र चार जना भारतीय नागरिक थिए । उक्त जहाजमा तीन जना चालकदलका सदस्यसहित पाइटल वसन्त लामा पनि सवार थिए ।

यति एयरकै पाइलट लामा विदा मनाउन जोमसोम जान लागेका थिए । पाइटल लामाले आइतबार बिहान मात्र जहाज उडाएका थिए । आफ्नो ड्यूटी सकेर बिदा मनाउन भनेर उनी जोमसोम जान लागेका थिए ।

यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जोमसोम जानुअघि पाइटल लामाले चार उडान भरेका थिए । बिहान जहाज उडाएर पछि पाइटल प्रभाकर प्रसाद घिमिरेलाई हस्तान्तरण गरेका थिए । सोही उडानमार्फत उनी जोमसोमतिर लागेका थिए ।

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको ट्वीनटर विमान अहिले सम्पर्कविहीन छ । तारा एयरका सिनियर क्याप्टेन घिमिरेले जहाज उडाइरहँदा सह-पाइटल उत्सव पोखेरेल र एयरहोस्टेज क्रिस्मी थापा साथमा थिइन् ।

सम्पर्कविहीन बनेको विमानमा सवार यात्रुको नामावली सार्वजनिक भएको छ । जसमा पाइलट लामाको पनि नाम छ । उक्त विमान मुस्ताङको लेतेबाट सम्पर्कविहीन बनेको थियो ।

यति एयरका प्रवक्ता बर्तौलाले विमानबारे अहिलेसम्म केही पत्ता नलागेको बताए । ‘बाहिर हल्ला धेरै फैलिरहेको छ । तर, अहिलेसम्म जहाज फेला पारेका छैनौं । खराब मौसमका कारण खोजीकार्यमा समस्या भइरहेको छ,’ प्रवक्ता बर्तौलाले भने ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १ : ४७ बजे

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,