२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

वेपत्ता जहाजका पाइलटको मोवाइल फोन लागिरहेको छ, खोजी दलले ट्रेसिङ गर्दै



काठमाडौं । सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानबारे सम्भावित दुई ठाउँको पहिचान भएको छ ।

जहाज मुस्ताङको टिटी लेक वरपर र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिएका छन् ।

अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको उनको भनाइ छ । बिहानैदेखि सम्पर्कविहीन भएको जहाज खोज्न मौसम खराबी कारण हेलिकोप्टर परिचालन गर्न सकिएको थिएन ।

अहिले नेपाली सेनाको र निजी कम्पनीका हेलिकोप्टर परिचालन गरेर खोज्ने तयारी भइरहेको उनले जानकारी दिए ।

‘दुई सम्भावित ठाउँ पहिचान भएका छन् । ती ठाउँमा हिँडेर जान सकिने अवस्था छैन । हेलिकोप्टरमार्फत खोजी गर्ने तयारी गरिरहेका छौं,’ अध्यक्ष गौचनले भने, ‘पाइलटको फोन लागिरहेको छ । त्यसलाई पनि ट्रेसिङ गर्ने काम भइरहेको छ । मौसममा सुधार आएपछि खोजी कार्य हुन्छ ।’ धौलागिरी हिमाल नजिकै पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको देखिएको छ ।

हराएको बिमानको लोकेड भएको तर मौसमका कारण उद्दार सम्भव नदेखिएको वायुसेवा संघका सञ्चालक योगराज कँडेलले खबरकुरासँग बताए । दुर्घटनाको पुष्टि गर्दै उनले पूरा विवरण भने आउन नसकेको उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  २ : १५ बजे

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ,

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको