७ आश्विन २०८३, बुधबार | September 23, 2026

ट्रक व्यवसायी आन्दोलित, २० जेठदेखि लुम्बिनीका ट्रक नचल्ने



भैरहवा । सरकारले सात वर्षअघि समायोजन गरी तोकेको भाडादर अझै कार्यान्वयन नगरेको भन्दै ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् ।

तत्काल उक्त भाडादार कार्यान्वयन नभए २० जेठदेखि लुम्बिनी क्षेत्रका ट्रक व्यवसायीले ट्रक ठप्प पार्ने चेतावनी दिएका छन् ।

लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष विष्णु खरेलले दुध र सब्जीको मूल्य बढ्दा तुरुन्तै बढ्ने, तेलको मूल्य पटकपटक बढ्दा हाम्रो चाही वर्षौसम्म नबढ्ने भएपछि व्यवसायनै धरापमा परेको बताए । ुहामीले सस्तोमा सेवा दिए पनि उपभोक्ताले यसको फाइदा नपाएर दलाललाई कमाउने बाटो भएको छ, अतिनै भएपछि विस्फोट हुन्छ सोही अनुरुप यातायात व्यवसायीले भाडा समायोजन कार्यान्वयनका लागि अवाज उठाएका हुन् ।ु उनले भने ।

सरकारलेनै तोकेको भाडादर नपाउँदा पेशा नै संकटमा परेको भन्दै २० जेठबाट ट्रक घर र ग्यारेजमा थन्काएर ढुवानी रोक्ने निर्णय गरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाइ तथा लुम्बिनी प्रदेशका अन्य ट्रक समितिहरु समेतको सहकार्यमा समायोजित भाडादर कार्यान्वयनका लागि ट्रक व्यवसायीहरूले आन्दोलन तय गरेका हुन् । आन्दोलनकासँगै व्यवसायी संस्थाहरूले लोडिङ कार्डलाई व्यवस्थित र पारदर्शी बनाउने, विभिन्न ट्रक समितिहरुको प्रतिनिधित्वमा अनुगमन गर्ने र सरकारले तोकेको भाडा प्राप्तिका लागि ट्रान्सपोर्ट व्यवसायीहरुसँग पनि सहकार्य गर्ने निर्णय गरेको अध्यक्ष पाण्डेले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ३ : १५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई