७ कार्तिक २०८३, शनिबार | October 24, 2026

अब आफूखुसी घर जग्गा बिक्री गर्न नपाउने



काठमाडौं । के तपाईंले काठमाडौँ महानगरलगायत देशका महानगर, उपमहानगरपालिकामा घर जग्गाको बिक्री गर्ने सोच बनाउनुभएको छ ? अब तपाईंले आफ्नो घर जग्गा बिक्रीका लागि स्थापना गर्ने विशेष संयन्त्रमार्फत मात्रै बिक्री गर्नुपर्नेछ ।

घर जग्गाको बिक्री वितरणमा हुँदै आएको वास्तविक मूल्यभन्दा असाध्यै न्यून मूल्यमा हुने गरेको पाइएको छ । त्यसबाट सरकारको राजश्वसमेत कम उठेको र सही विवरणसमेत उपलब्ध नहुने अवस्था भएकाले सरकारले विशेष संयन्त्रको व्यवस्था गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आज पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा घर जग्गा बिक्रीका लागि आफूखुसी निर्णय गर्नुभन्दा पनि अब स्थापना हुने विशेष संयन्त्रमार्फत मात्रै गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले घरजग्गाको एकीकृत मूल्याङ्कन प्रणाली विकास गर्ने घोषणा गरेको छ । घरजग्गा करोबार गर्दा अर्बौं पूँजीगत लाभकरलगायतका कर छली हुने भनी लगातार प्रश्न उठ्दै आएको थियो । अर्थमन्त्री शर्माले जग्गाको नापजाँच गरी भूमिहीनलाई जग्गाधनी पुर्जा दिने घोषणा गरेका छन् ।

नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि काठमाडौं महानगरलगायतका सबै महानगर र उपमहानगरपालिकाभित्र व्यक्तिले अब आफूखुसी घरजग्गा बेच्न नपाउने व्यवस्था गरिएको छ । यस्तो व्यवस्था क्रमशः पछि सबै पालिकामा उपलब्ध गराइने अर्थमन्त्रीले बजेटमा व्यवस्था गरेका छन् । त्यस्तै आगामी आवभित्र देशभरका भूमिहीनमध्ये पाँच लाखलाई लालपुर्जा वितरण गरिनेछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ७ : ०८ बजे

आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर