४ बैशाख २०८१, मंगलबार | April 16, 2024

निजगढमै विमानस्थल निर्माणको काम अघि बढाउन संसदीय समितिद्वारा सरकारलाई निर्देशन



काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सर्वोच्च अदालतको निर्णयविपरित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

सोमवार सिंह दरबारमा बसेको समितिको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम शीघ्र अघि बढाउन आवश्यक कानूनि, प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो ।

समितिकी सभापति पवित्रा निरौला (खरेल) ले समितिको तर्फबाट नेपालको राष्ट्रिय हित अनुकुल अर्थतन्त्र सुदृढ तुल्याउने उददेश्यका साथ लामो समयको अध्ययन तथा लगानीका साथ अघि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने निर्णय कुनैपनि दृष्टिबाट उचित नभएको बताइन । उनले वाह्य र आन्तरिक ऋणको बोझ बोक्दै कठीन अवस्थामा रहेको नेपालको अर्थतन्त्रमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रयोजनको लागि भइरहेको अर्बौं रुपैयाँलाई निरर्थक तुल्याउँदा झनै धक्का लाग्ने जिकिर गरिन ।

सभापति निरौलाले भनिन, ‘नेपालको राष्ट्रिय हित अनुकुल अर्थतन्त्र सुदृढ तुल्याउने उददेश्यका साथ लामो समयको अध्ययन तथा लगानीका साथ अघि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनैपनि दृष्टिबाट उचित देखिँदैन । वाह्य र आन्तरिक ऋणको बोझ बोक्दै कठीन अवस्थामा रहेको नेपालको अर्थतन्त्रलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रयोजनको लागि भइरहेको अर्बौं रुपैयाँलाई निरर्थक तुल्याउँदा झनै धक्का लाग्छ । अन्तर्राष्ट्रिय हित, सुरक्षा र आर्थिक हिसावका दृष्टिबाट अत्यन्त अत्यावश्यक निर्माणधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानूनि, प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिन्छु ।’

समितिले पोखराबाट जोमसोमतर्फ चालकदलका सदस्यसहित कुल २२ जना यात्रु बोकेर उडेको तारा एयर प्रा.लि.को टिवनएटर नाइनएन एइटी विमान दुर्घटनामा परी ज्यान गुमाउने सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारमा समवेदनासमेत प्रकट गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ३ : ४९ बजे

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन

बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि

२३ किलो चरेस सहित रुकुमका बमबहादुर पुन बर्दियाबाट पक्राउ

बर्दिया । बर्दियाको फुटाहा स्थित नेपाल भारत सीमाको दशगजा नजिकैबाट

आजबाट भैरहवामा माछापुच्छ्रे बैंकले आफ्नै भवनबाट सेवा प्रबाह

बुटवल । माछापुच्छ्रे बैंकले रुपन्देहीको भैरहवामा आफ्नै भवनबाट सेवा दिन

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई बिशेष छुट

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको अवलोकन भ्रमण