७ आश्विन २०८३, बुधबार | September 23, 2026

मिथिलाञ्चलमा मनाइयो वटसावित्री पर्व



जनकपुर । विवाहित हिन्दु मैथिल नारीले जनकपुरमा वरसाइत हर्षोल्लासका साथ वटसावित्री पर्व मनाएका छन । श्रीमानको आयु र आफनो अटल सौभाग्यको कामना गर्दै महिलाहरुले वटसावित्री पर्व मनाउने परम्परा रहेको छ ।

सत्य युगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासको आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्ष (वरको रुख) फेदमा व्रतालु मिथिलानीले सामूहिकरुपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गरेर यो पर्व मनाउँछन । व्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।

महिलाहरुले व्रत पूजा गरी कथा सुनेर वरको वृक्षमा सूतीको धागो बाँध्ने गर्छन । वरको बोटमा सूतीको धागो बाँध्नाले पतिको आयु बढने जनविश्वास छ । विवाह भएको महिलाले पहिलो वर्ष विभिन्न विधि अनुसारले मनाउने गरेपछि । नवविवाहिता महिलाले पहिलो वरसाइत (विवाहपछि आउने पहिलो पर्व) अनिवार्य रुपमा श्रीमानकै घरमा मनाउनु पर्छ ।

अघिल्लो दिन नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि सोह्र श्रृंगार अर्थात लगाउने लुगादेखि चुरासम्मका सबै श्रृंगार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ । बिहानै नुहाई रातो पहिरनमा नजिकको वर (वट) को रुखमुनि बसेर पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल, काँक्रो, केरा, स्याउ, अंगुर, आँप, लिचि र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिन्दुरले रङगाउँछन । प्रसाद चढाइसकेपछि व्रतालुले वरको रुखमा सात फेरो पहेँलो र रातो धागोले बेर्छन् । पतिव्रता सावित्रीले यही पर्व गरेर मृत पति सत्यवानलाई यमराजबाट फिर्ता गरेको धार्मिक मान्यता छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १२ : ५९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई