१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

क्षमायाचना गरेपछि नायिका मिरुना र फुर्बाबीच सहमति



काठमाडौं । चलचित्र कबड्डी दि फाईनल म्याचकी अभिनेत्री मिरुना मगर र अभद्र व्यवहार गरिएको भनिएका फुर्वा तामाङबीच सहमति भएको छ । गत जेठ १५ गते सिविल मलको क्युएफएक्स हलमा दर्शकसँग कलाकारको साक्षात्कार कार्यक्रममा क्रममा अभिनेत्री मगरमाथि भएको अभद्र व्यवहारको सम्बन्धमा दुबै पक्षका आफन्तहरु समेत बसेर आगामी दिनमा यस विषयलाई नउठाउने सहमति भएको हो ।

दुबैपक्षकाबीच भएको भेटमा मुगु घर भएका फुर्वा तामाङले गल्ती स्विकार गर्दै माफी मागेको र अभिनेत्री मगरले पनि आवेगमा कमजोरी भएको स्विकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा अभिनेत्री मगरले तामाङलाई भाई सम्झेर माफी दिएको उल्लेख छ ।

आफुमाथि दुर्व्यवहार भएपछि आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिङ्गो बौद्ध धर्मालम्बीहरुको भावनामा चोट पुगेको भन्दै अभिनेत्री मगरले क्षेमा याचना गरेकी छन् ।

दुबैपक्षका अभिभावकहरुबीच आगामी दिनमा यस विषयमा विवाद नगर्ने, टिकाटिप्पणी नगर्ने समाजमा धार्मिक तथा साम्प्रदायिक द्धेश फैलाउने कुनै कार्य नगर्ने समेत सहमति भएको छ ।

जेठ १५ गते दर्शकहरुमझ पुगेकी अभिनेत्री मगरमाथि दुर्व्यवहार भएको भन्दै मगरले तामाङलाई सार्वजनिकस्थलमै थप्पड हानेकी थिईन् ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ७ : २६ बजे

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई

अटिजमको कथा बोकेको चलचित्र ‘गौँथली’ आजदेखि प्रदर्शनमा

काठमाडौं । अटिजमजस्ता संवेदनशील विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली

लागत बढेपछि चपेटामा किसान

सर्लाही । बरहथवा नगरपालिका-५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा