२ चैत्र २०८२, सोमबार | March 16, 2026

रित्तो गाग्री बोकेर गाउँपालिका पुगे नागरिक



दाङ । दाङको शान्तिनगर गाउँपालिकाका स्थानीयहरू रित्तो गाग्री बोकेर गाउँपालिकामा पुगेका छन् । खानेपानीको समस्या भएको र व्यवस्थापनमा पालिकाले चासो नदिएको भन्दै रित्तो गाग्री सहित स्थानीयहरू गाउँपालिकामा पुगेका हुन् ।

वडा नम्बर ४ को एकलीका करिब ५० घरधुरीका उपभोक्ताहरूले खानेपानीको समस्याका कारण दैनिकी कष्टपूर्ण भएको भन्दै रित्तो गाग्री बोकेर पालिकालाई ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले गाउँपालिकाका अध्यक्ष अध्यक्ष प्रमोद बस्नेत सहित वडा नम्बर ३ का अध्यक्ष मीन बहादुर केसी र वडा नम्बर ४ का अध्यक्ष गोमान बहादुर ओलीसँग छिटोभन्दा छिटो खानेपानीको सहज आपूर्तिका लागि सम्बन्धित निकायसँग पहल गरिदिन आग्रह गरेका छन् ।

शान्तिनगर–३ स्थित माइलिपानी खानेपानी संस्थाले शान्तिनगरको साबिक १ देखि ४ नम्बर वडाका उपभोक्ताहरूलाई निजी धारामार्फत पानी उपलब्ध गराउँदै आएता पनि पानीको स्रोत र जनसंख्या बढी भएको हुनाले यश भेगका उपभोक्ताहरू निकै मर्कामा परेका छन् ।

टिमको नेतृत्व गरेका रेसम राज कँडेलले बाटो भन्दा पहिले खानेपानीको समस्या समाधान गर्न जरुरी रहेको बताए । बाटो बिना बाँच्न सकिने तर खानेपानी विना बाच्न नसकिने भन्दै उनले भने, ‘सबैभन्दा पहिले हामीलाई पानी चाहियो ,कसरी बाच्ने रु धारामा पानी आउँदैन तर महिनामा पानी नखाए पनि बिल तिर्नु पर्छ ।’

गाउँ पालिकाका अध्यक्ष प्रमोद बस्नेतले छिटोभन्दा छिटो खानेपानी समिति र अन्य निकायसँग समन्वय गरेर उपभोक्तालाई खानेपानी सहज रूपमा उपलब्ध गराउनका लागि आफू लागि पर्ने बताए ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १० : २२ बजे

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र