१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

फास्ट ट्र्याकको सुरुङ खन्न पुनः सुरु



काठमाडौं । निर्माणाधीन काठमाडौं-तराई-मधेश दु्रतमार्ग (फास्ट ट्र्याक)को सुरुङ खन्ने काम पुनः सुरु भएको छ । नेपाली सेनाले काम सुचारु गर्न निर्देशन दिएपछि चिनियाँ ठेकेदार कम्पनीले काम पुनः थालेका हुन् ।

सुरुङको प्याकेज-१ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज-२ मा पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेका छन् । ठेक्का सम्झौताअनुरूप सुरुङ खन्ने काम नभएको भन्दै नेपाली सेनाले दुई हप्ताअघि ठेकेदार कम्पनीलाई काम रोक्न निर्देशन दिएको थियो । कामको गुणस्तर कमजोर भएको र सम्झौताअनुसारका उपकरण पनि नल्याई काम भएको पाइएपछि नेपाली सेनाले काम रोक्न निर्देशन दिएको थियो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौताको मापदण्ड तथा सेवा सर्तअनुसार बिहीबारदेखि दुवै खण्डको सुरुङ खन्ने काम सुरु भएको जानकारी दिए । सुरुङ खन्ने काम दुई खण्डमा भइरहेको छ ।

कामको गुणस्तर कमजोर र सम्झौताअनुसारका उपकरण पनि नल्याई काम भएको पाइएपछि नेपाली सेनाले काम रोक्न निर्देशन दिएको थियो । उनले भने, “आयोजनाले नियुक्त गरेको परामर्शदाता कम्पनीले गरेको निर्माणाधीन सुरुङको निरीक्षण, कामको पुनरवलोकन तथा ठेकेदार कम्पनीसँगको छलफल र परामर्शपछि सुरुङ खन्ने काम पुनः सुरु भएको हो ।”

अहिले ठेक्का सम्झौताअनुसारको उपकरणको प्रयोग तथा गुणस्तरको काम भइरहेको उनले स्पष्ट पारे । आयोजनाले कोरियाली कम्पनी योसिन इन्जिनियरिङ कर्पोरेसन र कोरिया एक्सप्रेस-वे कर्पोरेसन एन्ड पियोङ्वा इन्जिनियरिङ कन्सल्टेन्ट (संयुक्त)लाई परामर्शदाता नियुक्त गरेको छ ।

यसअघि गरिएको निरीक्षण तथा पुनरवलोकनमा सुरुङ खन्ने क्रममा ठेक्का सम्झौताअनुसारको उपकरण प्रयोग नभएको, कामको गुणस्तर नदेखिएकोलगायतका समस्या देखा परेकाले सुरुङको काम तत्काल रोक्न ठेकेदार कम्पनीलाई सेनाले निर्देशन दिएको थियो । त्यसैगरी सुरुङ खन्नका लागि सम्झौताअनुसारको ‘थ्री आम्र्स जम्बो’ लगायतका मेसिनको प्रयोग नगरी सामान्य रूपमा खन्न थालेकाले कामको गुणस्तर कमजोर रहेको पाइएको थियो । प्रवक्ता सिलवालका अनुसार अहिलेसम्म सुरुङमार्गको पहिलो प्याकेजअन्तर्गत ३० मिटर र दोस्रो प्याकेजअन्तर्गत अहिलेसम्म २० मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले योसमाचार लेखेका छन ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : ५३ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै