६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेपालगन्जमा वडा अध्यक्षको नेतृत्वमा यौनकर्मी समात्न नियमित गस्ती



नेपालगन्ज । नेपालगन्ज उपमहानगरको वडा नम्बर ४ अन्तर्गत न्युरोड क्षेत्रमा यौन व्यवसायको बिगबिगी भएपछि वडा अध्यक्ष आफै होटल होटल पुगेर यौनकर्मीहरुलाई समातेर प्रहरीमा बुझाउन थालेका छन् ।

वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनको नेतृत्वमा प्रहरी सहित निस्केको नागरिक अगुवाहरुको टोलिले बिहिबार राती सडक र होटलमा यौनकार्य गरिरहेका ७ जनालाई पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । वडा अध्यक्ष पुनको नेतृत्वमा निस्केको टोलिले सडकमै यौनजन्य क्रियाकलाप गरेको देखि यौनकर्मी महिलाले पैसा सहित कपडा पनि लुटेपछि सर्वाङ्ग नाङ्गो अवस्थामा रहेका पुरुष समेत फेला पारेको थियो ।

वडाको न्युरोड क्षेत्रमा यौन बिकृत्ति बढेपछि आफै सडकमा निस्कनु परेको वडा अध्यक्ष पुनले बताए । उनले सडकमै यौन व्यवसायको बार्गेनिङ हुने, अर्ध नग्न अवस्थामा सडक किनारमा ग्राहक कुरेर यौनकर्मी महिलाहरु बस्ने र नजिकका होटलहरुमा यौन व्यवसाय हुने गरेको गुनासो आएपछि प्रहरी र नागरिक अगुवा टोलबासीको सहकार्यमा आफै छापामार्न हिँडेको बताए । ‘वडाबासी भएको भन्न पनि लाज लाग्ने अवस्था आएपछि आफै निस्केर यो कदम चाल्नु परेको हो ।’ वडा अध्यक्ष पुनले बताए ।

वडा अध्यक्षकै नेतृत्वमा स्थानीय अगुवाहरुले बिगत ३ दिनदेखि हरेक साँझ न्युरोड क्षेत्रमा गस्ती नै सुरु गरेका छन् । छडके र नियमित गस्ती गरेर ‘हाम्रो न्युरोड,राम्रो न्युरोड’ बनाउने अभियान सुरु गरिएको वडा अध्यक्ष पुनले बताए ।

प्रहरीलाई बुझाईएका मध्य ४ जना यौनकर्मी महिला सहित सीता रुकुमेली होटलकी संचालिका सीता परियार र यौनकार्य गराउन सहयोगी भुमिका खेल्ने सुरज जोसी रहेको प्रहरीले जनाएको छ । २ दिन पहिले मात्र सीता रुकुमेली होटलमा ग्राहक बनेर आएका एकजना पुरुषको पैसा र कपडा समेत लुटेर सर्वाङ्ग नाङ्गो पारेर लखेटिएका थिए ।

यौन बिकृत्ति बढेको गुनासोका आधारमा स्थानीयबासीले होटल बन्द गराउन प्रयास गरेपनि होटलको जग्गा भाडामा दिएका स्थानीय अगुवा दिपक लोधले संरक्षण गर्ने गरेका कारण सो होटलमा अबैध धन्दा चलिरहेको एक स्थानीयले बताए ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेको र ठहर भए अनुसार शरिर बन्दक तथा शरिर मास्ने बेच्ने अभियोगमा मुद्दा चलाउने तयारी भईरहेको बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले बताए ।

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १ : ०४ बजे

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,