१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

कसरी कमाए सुब्बाले चार वर्षमै ६ करोड ?



काठमाडौं । सरकारी सेवामा तलब सुविधा न्यून रहेको गुनासो भइरहँदा एक सरकारी कार्यालयका नायब सुब्वा तहका कर्मचारीले भने चार वर्षभित्रै ६ करोडभन्दा बढी रुपैयाँ अकूत रूपमा कमाएको पाइएको छ ।

यसरी ६ करोड बढी आर्जन गर्ने व्यक्ति हुन् स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक (नायब सुब्बा)स्तरका कर्मचारी भीमकान्त भण्डारी । भण्डारीले कमाएको ६ करोड रुपैयाँको स्रोत खुलाउन नसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारको अनुसन्धानअनुसार भण्डारीले २१ असोज २०७३ सालदेखि २०७८ साल पुस मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ अकुत सम्पत्ति कमाएको पाइएको छ । भण्डारीले विभिन्न उपायअपनाएर अकुत सम्पति आर्जन गरेका थिए । चार वर्षको सरकारी जागिरको समयमा उनी माओवादी केन्द्रबाट विभिन्न समयमा मन्त्री भएका वर्षमान पुन, कृष्णबहादुर महरा, आशा कोइराला र हितराज पाण्डेको स्वकीय सचिवका रूपमा काम गरेका थिए ।

वरिष्ठ व्यवस्थापन सहायक पदबाट भण्डारी २१ असोज २०७३ सालमा राजपत्र अंकित प्रथम श्रेणीअन्तर्गत सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले २०७७ साउनमा स्वैच्छिक अवकाश लिएका थिए । भण्डारी चार वर्ष मात्रै निजामती सेवामा रहँदा उनले ६ करोड बढी अकूत सम्पति आर्जन गर्न सफल भएका हुन् ।

उनको सम्पत्ति छानबिनमा स्रोत नखुलेको सम्पत्ति ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ देखिएपछि सो रकम भ्रष्टाचार गरेको ठहर गर्दै गैरकानुनी सम्पत्ति जफत गर्न मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

भण्डारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ बमोजिम कैद एवं बिगोबमोजिम जरिमाना गर्न र स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरिएको अख्तियारका प्रवक्ता श्याम भण्डारीले जानकारी दिए ।

अख्तियारका अनुसार निज नायब सुब्बा भण्डारीले विभिन्न समयमा चार जना मन्त्रीको स्वकिय सचिव बसेकै बेला अकूत सम्पति आर्जन गरेको पाइएको छ । उनी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी झापामा कार्यरत रहे पनि जागिरको धेरै समय मन्त्रीको स्वकीय सचिवकै रूपमा सिंहदरबारमा नै बिताएका थिए । माओवादी केन्द्रका मन्त्रीहरूले उनलाई पालैपालो काजमा ल्याएर स्वकीय सचिव बनाएका थिए । त्यही समय नै भण्डारीका लागि अकूत सम्पति आर्जन गर्ने सुनौलो अवसर बनेको थियो ।

मन्त्रीको स्वकीय सचिव रहँदा उनले विभिन्न बिचौलिया र तस्करसँग साँठगाँठ राखी अकूत सम्पति कुम्ल्याउन सफल भएको बताइएको छ । साथै उनले ठेक्का पट्टामा समेत मन्त्रीको अधिकारको दुरुपयोग गरी सेटिङ गर्ने गरेका थिए ।

माओवादी केन्द्रका चार मन्त्रीको स्वकीय सचिव रहँदा अकुत सम्पति आर्जन गर्न सफल भएपछि ती नायब सुब्बाले जागिर खाएको चार वर्षमा नै राजीनामा दिएर व्यापार गर्न थालेका थिए । मन्त्रीको स्वकीय सचिव हुँदा आर्जन गरेको अवैध सम्पतिले उनले ललितपुर कुपण्डोलमा विथल्याब खोलेर मेडिकल व्यापार गर्दै आइरहेका थिए । उनको ठूलाठूला व्यापारीसँग समेत कनेक्सन रहेको बताइएको छ । आजको राजधानी दैनिकमा सागर पण्डितले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ६ : ५७ बजे

मुख्य दलका पूर्वाधार ‘एजेन्डा’ : द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन

धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि-धार्मिक संरचना निर्माण

भोजपुर । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने

‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’

बागलुङ । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको