२ पुस २०८२, बुधबार | December 18, 2025

बुटवलको बिबीजी होटलमा माम्बा बार सञ्चालन 



बुटवल । बुटवलका ५ युवाहरुको लगानीमा एक होटल नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । बुटवल-१० राजमार्ग चौराहमा रहेको  बिबीजी होटललाई नयाँ व्यवस्थापन गरि विभिन्न सुविधाहरु थप गरिएको सञ्चालक विशाल काउचाले जानकारी गराए ।

विगत ९ वर्षदेखि हङकङमा रहेर होटल क्षेत्रमा अनुभव सङ्गालेका काउँचाले लेपालमै बसेर केही गर्ने सोचकासाथ अन्य ४ जना साथीहरुसहीत नव व्यवसायीको रुपमा काम सुरु गरिएको बताए । सुविधा बिस्तार गर्दै होटलमा छुट्टै ‘माम्बा’ बार एण्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ । गेम बारको रुपमा रहेको उक्त बारमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूदहरुको प्रत्यक्ष प्रसारणको मजा लिन सकिने बताइएको छ । यसैगरी समय-समयमा लाइभ म्युजिकको सेवा समेत उपलब्ध गराइने सञ्चालकहरुले बताएका छन् ।

शनिबार एक कार्यक्रमका बीच होटल व्यवसायी हानका केन्द्रीय सदस्य गोपाल रानाले बारको शुभारम्भ गरेका छन् । सो अवसरमा बोल्दै उनले युवाहरु मिलेर पूँजि एकीकृत गरि व्यवसायिक सफलतासहित आर्थिक रुपमा सफल बन्न सकिने दाबी गरे ।  होटल तथा रेष्टुरेन्टका सेवालाई नयाँ शैली तथा ग्राहकको परिवर्तित चाहना अनुसारका सेवा प्रदान गर्नुका साथै मर्यादित बनाउन पनि उत्तिकै आवश्यक रहेको उल्लेख गरे । पर्यटन व्यवसायका रुपमा रहेको होटल व्यवसायमा युवाहरुको आकर्षण हुनु सकारात्मक रहेको उनले बताए ।

९ वटा एसी रुमसहितको होटल १० वर्षका लागि भाडामा लिएर थप ७० लाख बढी लगानी गरि नयाँ व्यवस्थापन गरिएको सञ्चालक दिपेशगुरुङले बताए । सिद्धार्थ राजमार्ग तथा पूर्व(पश्चिम राजमार्गको मध्यभाग राजमार्ग चौराहमा रहेको यस होटलमा आरामदायी बासका साथै नेपाली, इन्डियन, चाइनिज लगायतका परिकारहरुको स्वाद लिन पाइने गुरुङले बताए ।

बुटवलका युवाहरु रेशम काउचा, बिकास काउचा तथा मानबहादुर पुनको समेत संयुक्त लगानीमा होटललाई नयाँ व्यवस्थापनसहित सञ्चालन गरिएको हो ।  होटलमा १५ जनाले प्रत्येक्ष रोजगार प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ९ : ३९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल