३१ भदौ २०८३, बुधबार | September 17, 2026

कुमुते च्याम्पियनसिप : १२ स्वर्ण पदकसहित नेपाल च्याम्पियन



काठमाडौं । भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन भएको छ । नेपाल सोतोकान ९एसकेडियुएन०ले नेपालका लागि १२ स्वर्ण, दुई रजत र दुई कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्यामिपयन बनाउन सफल भएको हो । नेपाल सोतोकान (एसकेडियुएन) टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न २७ जेठमा त्यसतर्फ प्रस्थान गरेको थियो ।

स्वर्ण जित्न सफल खेलाडीहरूमा वर्षा केसी (१३ वर्ष), झरना के सी (१४ वर्ष), सुरोज राजबाहक (१५ वर्ष), एन्जिला राई (१६ वर्ष), शाहिल घले (१६ वर्ष), सर्मिला वाइवा (१७ वर्ष), पुष्पका लामा (४५ केजी), वर्षा बुढामगर (५० केजी), साजन बल (५५ केजी), सन्तोष श्रेष्ठ (६० केजी), एरिका गुरुङ (६८ केजी माथि) छन् ।

यसैगरी, नेपालका लागि अर्को स्वर्ण कातामा सुरेन्द्र तामाङले दिलाए । यस्तै रुपक श्रेष्ठ (१७ वर्ष) र सम्मान मल्ल श्रेष्ठ (५० केजीमुनि)ले रजत पदक प्राप्त गरेका छन् । सुरेन्द्र तामाङ (६७ केजी) र सञ्जय महर्जन (८४ केजी माथि)ले कास्य पदक प्राप्त गर्न सफल भएका छन् ।

प्रशिक्षक चित्रप्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक व्यवस्थापक, सात महिला र नौ पुरुष गरी १६ खेलाडी, चार रेफ्री र एक अफिसियल गरी २३ सदस्य छन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १ : ३० बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै