७ आश्विन २०८३, बुधबार | September 23, 2026

मुलुककाे समृद्धिका लागि उत्पादनमा जाेड दिन जरूरी :- सांसद विश्वकर्मा



बुटवल । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले मुलुकको समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताएका छन ।

बुटवलमा गोल्डेन नेपाल मार्केटिङ प्रालिकाे उद्घाटन तथा सम्मान कार्यक्रममा उनले अरु देशबाट सामान मगाई बेचेर मात्र मुलुक समृद्ध बन्न नसक्ने भएकाले स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताए । उनले भने, ‘स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाउन सकिन्छ, सक्नुपर्छ ।’ यसमा सरकार र व्यवसायी सबैको ध्यान जानुपर्छ । सबै कुरामा प्रतिसष्पर्धा गर्न नसके पनि केही विशेष वस्तुहरू छनाैट गरेर प्रतिष्पर्धी बनाउनुपर्ने उनले बताए । पुर्व मन्त्रीसमेत रहेका विश्वकर्माले अन्य विभिन्न क्षेत्र छनाैट गरी तिनका विशेष उत्पादनमा आत्मनिर्भर तथा प्रतिष्पर्धी बनाउनुपर्नेमा उनले जोड दिए । त्यसका लागि परम्परागत नीतिलाई समायानुकूल परिवर्तन गर्नुपर्ने र त्यो सम्भव पनि रहेको बताउँदै उनले सफल हुनका लागि नयाँ काम हाेइन कामलाई नयाँ ढंगबाट गर्नुपर्ने बताए ।

डाइरेक्ट सेलिङ ( प्रत्यक्ष बिक्री ) नराम्राे नभएकाे तर बिगतका दिनले बुझाइमा गलत बनाएकाे बताए । आफू मन्त्री हुँदा संघिय संसदबाट कार्यविधि नै बनाएर पारित गरेकाले अब भने यस किसिमकाे व्यवसायमा व्यवसायमा ढुक्क भएर लाग्न पूर्व मन्त्रीसमेत रहेका उनले आग्रह गरेका छन् । गाेल्डेन नेपाल मार्केटिङ प्रालि इजाजत प्राप्त कम्पनी भएकाले यसले गुणस्तर , बजार , मूल्य र परिमाणलाई निरन्तरता दिन जरूरी रहेकाे बताएका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद भोज प्रशाद श्रेष्ठले मुलुकलाई साँच्चै समृद्ध बनाउने हो भने अब व्यवसायीले व्यापारसँगै उद्योग सञ्चालनको दिशामा पनि सोच्नुपर्ने बेला आएको उनले उल्लेख गरे ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले स्वदेशी उत्पादनमा जोड दिन सके वैदेशिक रोजगारीको निर्भरता कम हुने बताएका छन । साथै उनले समाज परिवर्तनका लागि आर्थिक परिवर्तन हुनुपर्नेमा जोड दिदै अब हरेक गृहिणीलाई उत्पादनमा जाेड्नुपर्ने बताए ।

चन्द्र महतकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रममा कम्पनीका म्यानेजिङ डाइरेक्टर राजेश थैवले कम्पनीको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रममा अध्यक्ष मिलन थापाकाे अध्यक्षता रहेकाे थियाे ।

कार्यक्रममा गाेल्डेन नेपाल मार्केटिङ प्रालिमा सकृयतापूर्वक काम गर्नेहरूलाई विभिन्न विधामा सम्मान गरिएकाे थियाे ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ५ : १९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई