१५ पुस २०८२, मंगलबार | December 30, 2025

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक



काठमाडौं । स्थानीय चुनावको समीक्षा गर्न नेकपा (एकीकृत समाजवादी) ले पोलिट ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा एकीकृत समाजवादीले आशा गरिएअनुसार, जित हासिल गर्न सकेको थिएन । पाँच दलीय गठबन्धनमा सहभागी दलहरुले सहयोग नगरेको एकीकृत समाजवादीका नेताहरु आरोप लगाउँदै आएका छन् ।

यसअघि चुनावकै विषयमा केन्द्रित भएर स्थायी कमिटी बैठकमा समीक्षा गरिएको थियो । स्थायी कमिटीले पोलिट ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

जसअनुसार, असार १० गते पोलिट ब्यूरो बैठक बोलाइएको छ । त्यसमा स्थानीय चुनावको समीक्षा हुने जनाइएको छ । पोलिट ब्यूरो बैठकले केन्द्रीय कमिटी बैठकका अजेन्डा पनि तय गर्नेछ ।

त्यसपछि असार ११ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । यसमा पनि स्थानीय चुनावको समीक्षासँगै आगामी संघ र प्रदेश सभाको चुनावको तयारीका विषयमा छलफल हुने जनाइएको छ ।

केन्द्रीय कमिटी बैठकपछि एकीकृत समाजवादीले केन्द्रीय परिषद्को बैठक बोलाएको छ । केन्द्रीय परिषद् बैठक असार १३ र १४ गते बस्ने भएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ८ : ३० बजे

कांग्रेसले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची मंगलबारबिहान मात्र निर्वाचन

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

राजविराज । शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन

मेची भन्सार : पाँच महिनामा तीन अर्ब ८० करोड राजस्व सङ्कलन

भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को

शीतलहरका कारण सडक चिप्लो भएपछि दाउन्नेमा सवारी ठप्प, पूर्व-पश्चिम राजमार्गमा लामो जाम

बुटवल । शीतलहरका कारण सडक चिप्लो बनेपछि पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने

प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र