४ माघ २०८२, आइतबार | January 18, 2026

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।

संघीय संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा [पहिलो संशोधन] विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ [नियमन] विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर पनि प्रस्ताव प्रस्तुत गरिनेछ ।

आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले विरूवा संरक्षण [पहिलो संशोधन] विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ९ : ३० बजे

टिकट नपाएपछि विष्णु रिजालको भावुक टिप्पणी – नेतृत्वको रोजाइमा तेस्रोपटक पनि पर्न नसक्नु दु:खद

दैलेख । नेकपा (एमाले)का नेता विष्णु रिजाल यस पटकको प्रतिनिधिसभा

पार्टी आधिकारिकताविरुद्ध देउवा समूह सर्वोच्च जाँदै, आयोगको निर्णय बदरको माग

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबी

रुपन्देही-३ बाट वासुदेव घिमिरेले पाए एमालेको टिकट

काठमाडौं । नेकपा एमालेले रुपन्देही क्षेत्र नं. ३ बाट निवर्तमान

निसीखोलामा पुतली नाचँको रौनक

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-६ भल्कोटमा पुतली नाचँ प्रदर्शन गरिएको

माधव सापकोटाले पाए सिन्धुपाल्चोक-१ बाट नेकपाको टिकट

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता माधव सापकोटाले