१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

निःशुल्क शौचालय प्रयोग गर्न दिन काठमाडौं महानगरसँग ३३ संघसंस्थाले गरे सम्झौता (सूचीसहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ३३ वटा संघ संस्थाहरुसँग सार्वजनिक शौचालयका लागि सम्झौता गरेको छ ।

काठमाडौंका मेयर बालेन शाहको आग्रहपछि ३३ वटा संघसंस्थाले आफुसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका थिए । बैंक, रेस्टुरेन्ट, स्कुल, प्रकाशनगृह, बिजनेस कम्प्लेक्ससहितका संघसंस्थाका प्रतिनिधिहरूसँग महानगरले सोमबार सम्झौता गरेको हो ।

महानगरपालिकाका मेयर बालेन शह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा सम्झौता भएको छ । सो सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपाने र संस्घसंस्थाका आआफ्ना प्रतिनिधिहरुले हस्ताक्षर गरेकाछन् ।

पाँच वर्षका लागि गरिएको सम्झौताअनुसार यी संघसंस्थाका शौचालयलाई आम मानिसले सजिलै प्रयोग गर्न पाउने भएका छन् । शौचालय प्रयोग गरेवापत त्यसको सरसफाइ एवं मर्मत सम्भार र पानीको व्यवस्थापन गर्ने जिम्मा शौचालय संचालकहरुकै हुनेछ । उनीहरुले सेवाग्राहीलाई निःशुल्क शौचालय प्रयोग गरेवापत आफ्नो सेवा लिन करकाप गर्न पनि पाउनेछैनन् ।

शौचालय प्रयोगकर्ताले सजिलै निःशुल्क शौचालय चिन्न सकुन भनेर संकेत चिन्ह राखिने भएको छ । गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रंगमा महिला र पुरुषको चिन्ह राखिएको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।

सम्झौता गरिएका संघ संस्थाहरू 
१)    टायम्स स्क्वायर, लज एण्ड बार, बालुवाटार
२)    पशुपति भ्यु होटल एण्ड रेष्टुरेन्ट, बालकुमारी टोल
३)    डेन्टल भिल्ला, वडा नं. १४, बल्खु
४)    देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. अन्तर्गत
क)    पिजा हट, वडा नं. १ दरबारमार्ग
ख)    केएफसी,  वडा नं. १ दरबारमार्ग
ग)    केएफसी,  वडा नं. ६ बौद्ध
५)    डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, बसन्तपुर
६)    होटल रत्नज्योती, पेरिसडाँडा
७)    नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा. लि, शंखमुल
८)    खानेकुरा प्रा. लि., गौशाला
९)    सांग्रिला डेभलपमेन्ट बैंक, बालुवाटार
१०)    बेबिलोन नेशनल स्कूल, शान्तिनगर
११)    ओटिसी किचेन रेष्टुरेन्ट, बालुवाटार
१२)    नेपालय पब्लिकेसन, डिल्लीबजार
१३)    बसुन्धरा एण्ड गोङ्गबु एरिया रेष्टुरेन्ट, बसुन्धरा
१४)    गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल
१५)    घराना लञ्च एण्ड बार, बानेश्वर
१६)    कामना सेवा विकास बैंक, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड,
१७)    सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
१८)    नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा. लि., पुतलीसडक
१९)    आरडीएक्स बार प्रा. लि. ठमेल
२०)    नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट
२१)    कार्निभल रेष्ट्रो एण्ड मिटिङ्, बिजुलीबजार
२२)    बार्दली रेष्ट्रो एण्ड मिटिङ्, शंखमुल
२२)    नेशनल विजनेस ट्रेड सेन्टर, कलंकी
२३)    सांग्रिला डिपलपमेन्ट बैंक, बालुवाटार
२४)    बिन्का लङ्, छाउनी
२५)    प्रोग्रेसियो विस्ट्रो पिबीज रेष्टुरेन्ट, बौद्ध
२६)    मिलाल्याण्ड डिभलपमेन्ट प्रा. लि., कलंकी
२७)    क्रिम्पजी एडभान्चर हव, बौद्ध
२८)    बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार
२९)    अनुपम फुडल्याण्ड, बत्तीसपुतली
३०)    रिट्रिप क्याफे, बौद्ध
३१)    चिकेन स्टेशन
३२)    स्तुपा हब, बौद्ध
३३)    नवील बैंक

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ५ : ०० बजे

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर । मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय

राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकलाई थप सक्रिय