२४ बैशाख २०८१, सोमबार | May 6, 2024

रैथाने बाली जोगाउन ‘बिज बैंक’



बागलुङ । बागलुङको बरेङ गाउँपालिकाले रैथाने बालीको बीउबिजन संरक्षण अभियान थाल्ने भएको छ । रैथाने बाली लोप हुँदै गइरहेकाले गाउँपालिकाले ‘हाम्रो बीउ, हराउन नदिउ’ अभियान थाल्ने भएको हो ।

बीउको संरक्षणका लागि गाउँपालिकाले प्रोत्साहन र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने भएको छ । अभियान हरेक वडामा सञ्चालन गरेर बीउ जोगाउन बिज बैंक स्थापना गरिने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।

व्यावसायिक उत्पादनका लागि आधुनिक प्रविधि र आधुनिक बीउबिजनका साथै रैथाने बालीको संरक्षण गर्ने दायित्व गाउँपालिकाको भएकाले बिज बैंक स्थापना गरेर संरक्षणको अभियान थालिने उनले बताए । “हामीले अहिले कसरी जीवनयापन गरिरहेका छौँ, विगतमा के खान्थ्यौँ, हाम्रो खेतबारीमा के फल्थ्यो भन्ने भावी पुस्तालाई जानकारी दिन आवश्यक छ”, शर्माले भने, “बीउ जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो ।”

‘बरेङमा समृद्धि, कृषि लगानी वृद्धि’को मूल मर्मलाई आत्मसात गर्दै आर्थिक विकास र समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा कृषि क्षेत्रलाई विकास गर्ने लक्ष्य रहेको नीति तथा कार्यक्रममा उल्लेख छ । कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्न र पुरानो जोगाउँदै नयाँ बीउमार्फत व्यावसायिक बन्न योजना अघि बढाइएको हो ।

बिज बैंकमा रैथाने जातका खाद्यान्न बाली तथा तरकारी र फलफूलको समेत संरक्षण गरिने गाउँपालिकाले जनाएको छ । पाँचवटै वडामा सञ्चालनमा रहेका विभिन्न कृषि पकेट क्षेत्रलाई थप व्यवस्थित गर्ने योजना गाउँपालिकाको छ । बाँझो जमिनको उपयोग गरेर पनि रैथाने बालीको संरक्षण गर्न सकिने अध्यक्ष शर्माले बताए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १० : १४ बजे

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष