२३ असार २०८३, मंगलबार | July 7, 2026

रैथाने बाली जोगाउन ‘बिज बैंक’



बागलुङ । बागलुङको बरेङ गाउँपालिकाले रैथाने बालीको बीउबिजन संरक्षण अभियान थाल्ने भएको छ । रैथाने बाली लोप हुँदै गइरहेकाले गाउँपालिकाले ‘हाम्रो बीउ, हराउन नदिउ’ अभियान थाल्ने भएको हो ।

बीउको संरक्षणका लागि गाउँपालिकाले प्रोत्साहन र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने भएको छ । अभियान हरेक वडामा सञ्चालन गरेर बीउ जोगाउन बिज बैंक स्थापना गरिने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।

व्यावसायिक उत्पादनका लागि आधुनिक प्रविधि र आधुनिक बीउबिजनका साथै रैथाने बालीको संरक्षण गर्ने दायित्व गाउँपालिकाको भएकाले बिज बैंक स्थापना गरेर संरक्षणको अभियान थालिने उनले बताए । “हामीले अहिले कसरी जीवनयापन गरिरहेका छौँ, विगतमा के खान्थ्यौँ, हाम्रो खेतबारीमा के फल्थ्यो भन्ने भावी पुस्तालाई जानकारी दिन आवश्यक छ”, शर्माले भने, “बीउ जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो ।”

‘बरेङमा समृद्धि, कृषि लगानी वृद्धि’को मूल मर्मलाई आत्मसात गर्दै आर्थिक विकास र समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा कृषि क्षेत्रलाई विकास गर्ने लक्ष्य रहेको नीति तथा कार्यक्रममा उल्लेख छ । कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्न र पुरानो जोगाउँदै नयाँ बीउमार्फत व्यावसायिक बन्न योजना अघि बढाइएको हो ।

बिज बैंकमा रैथाने जातका खाद्यान्न बाली तथा तरकारी र फलफूलको समेत संरक्षण गरिने गाउँपालिकाले जनाएको छ । पाँचवटै वडामा सञ्चालनमा रहेका विभिन्न कृषि पकेट क्षेत्रलाई थप व्यवस्थित गर्ने योजना गाउँपालिकाको छ । बाँझो जमिनको उपयोग गरेर पनि रैथाने बालीको संरक्षण गर्न सकिने अध्यक्ष शर्माले बताए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १० : १४ बजे

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको

सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित