१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

खै त विद्यार्थीको हातमा पुस्तक ?



काठमाडौं । अब त कडा रूपमा सोध्नैपर्ने भएको छ, ‘खै त पाठ्यपुस्तक ?’ हाल, कक्षा ६ को अंग्रेजी, सामाजिक र नेपाली र कक्षा ८ को पुस्तक अभाव छ ।

प्रत्येक वर्ष यही समस्या-पाठ्यपुस्तक अभाव । सरकारी ढिलासुस्ती यतिसम्म बढेको छ कि नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दासमेत विद्यार्थीका हातमा पाठ्यपुस्तक हुन्न ।

अधिकांश सामुदायिक विद्यालयका विद्यार्थी पाठ्यपुस्तकबिनै अध्ययन गरिरहेका छन् । पुस्तक नहुँदा उनीहरूका पठनपाठन प्रभावित बनेको छ । शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगिसक्नुपर्ने हो । तर, महिना बित्दासमेत उनीहरू अभाव झेल्न बाध्य छन् ।
छपाइ जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशत पाठ्यपुस्तक वितरण गरिसकेको दाबी गरेको छ । १५ असारसम्म त सबै ठाउँ पुस्तक पुगिसक्ने जनाउने केन्द्र दैनिक एक लाख छपाइ भइरहेको दाबी गर्छ ।

कतै पूरै कक्षाका पुस्तक पुगेका छैनन् भने केही कक्षामा पुगेका पुस्तक पनि ‘पूरा’ छैन । कर्णाली तथा यातायात विकट मानिएका पहाडीमात्र नभएर काठमाडौं उपत्यकासँग जोडिएका जिल्लामा समेत पाठ्यपुस्तक पुग्न सकेको छैन ।

किन पुगेन पाठ्यपुस्तक ?

जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्य ‘रुस–युक्रेन युद्धका कारण कागज समयमै आउन नसकेको’ औंल्याउँदै ‘स्थानीय तह निर्वाचनको मतपत्र छपाईका कारण पाठ्यपुस्तक ढिलाई भएको’ प्रस्टोक्ति दिन्छन् ।

केन्द्रका अनुसार रुस-युक्रेन युद्धका कारण ‘सप्लायर्सले समयमै कागज ल्याउन नसकेको र मतपत्र छपाईलाई प्राथमिकता दिनुपर्दा पाठ्यपुस्तकको काम नसकिएको’ हो ।

हुन त, विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने समस्या चालू आर्थिक वर्षमात्र हैन, विगतबाटै यस्ता समस्या दोहोरिरहेका छन् । सरकारले भने विभिन्न बहानामा पन्छिने गर्छ ।

कति छापिन्छ ?

केन्द्रका सूचना अधिकारी आचार्य गत वर्ष १ करोड ६५ लाख पुस्तक छपाईपछि बिक्री–वितरण भएको सुनाउँछन् । ‘यो वर्ष झण्डै दुई करोड पाठ्यपुस्तक छाप्न लागेका छौं,’ उनी भन्छन् ।

विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रका मुद्रण व्यवसायी र कक्षा ४ देखि १० सम्मका सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जिम्मेवारी लिएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ८ : ३६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम