२९ असार २०८३, सोमबार | July 13, 2026

बुटवल मण्डपमा श्रेय लिन एमाले-कांग्रेसको हानथाप



बुटवल। बुटवल उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले प्रस्ताव गरेको पहिलो नीति तथा कार्यक्रमका केही घोषणाहरु विवादमा परेका छन् । स्थानीयको जनजिब्रोमा झुण्डीसकेको बुटवल मण्डपको नामका अगाडि कांग्रेसका दिवंगत नेता गिरिजा कोईरालाको नाम जोडिएको प्रति धेरै स्थानीयबासीले असन्तुष्टी व्यक्त गरेका छन् । पश्चिमक्षेत्रकै जनताले बुटवल मण्डपको नामले परिचय पाईसकेको क्षेत्रलाई निर्माणको अन्तिम चरणमा पुग्दा नाम परिवर्तन गरिनु गलत भएको आलोचकहरुको भनाई छ ।

समाजिक सञ्जालमा पोष्ट गर्ने एमाले निकटका प्रयोगकर्ताहरुले बुटवल मण्डपमा एमाले उपाध्यक्ष विष्णु पौडेलको मात्र योगदान रहेको दाबी गर्दै गिरिजा कोईरालाको नाम आउनु गलत भएको तर्क गरेका छन् भने कांग्रेस समर्थक सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सो जग्गा स्वर्गीय कोईराला प्रधानमन्त्री र कांग्रेसका नेता दिलेन्द्र बडु बन मन्त्री हुँदा बुटवल मण्डपका लागि जग्गा प्राप्ती भएकाले सबै भन्दा ठुलो योगदान स्वर्गीय कोईरालाको रहेको तर्क गरेका छन् ।

बुटवलमा अगुवा पत्रकार एवं एमाले प्रचार बिभागका सदस्य डी आर घिमिरेले नगर प्रमुख खेलराज पाण्डेले बारम्वार आफुले पक्ष प्रतिपक्ष सवैलाई संगै राखेर महत्वपूर्ण निर्णय लिने प्रतिबद्धता व्यक्त गरेपनि उकसैलाई सोधापुक्षी नै नगरी बुटवल मण्डपको नाम परिवर्तन गर्ने प्रस्ताव गरेको बताएका छन् । भिमिरेले बुटवल मण्डपको जग्गा लिन जाँदा आफुपनि नेपाल पत्रकार महासंघ रूपन्देहीको अध्यक्षका हैसियतले संगै रहेको स्मरण गर्दै जग्गा प्राप्तीकै बेला धेरै सोंचविचार गरेरै बुटवल मण्डप नाम राखिएको बताएका छन् ।

उनले अगाडि बढिसकेको परियोजनामा नाम फेर्ने भन्दा नयाँ परियोजनामा गिरिजा कोईरालाको नाम राख्न सुझाएका छन् । घिमिरेले भोलि अर्को कुनै शक्ति सत्तामा आउँदा प्रतिशोध साँध्न सक्ने भन्दै घुमाउरोपाराले चेतावनी समेत दिएका छन् ।

उता खबरकुरासँग कुरा गर्दै बुटवल उद्योग बाणिज्यसंघका पूर्व अध्यक्ष नवराज श्रेष्ठले बुटवल मण्डप निर्माणमा मुख्य भुमिका स्वर्गीय सुर्यप्रसाद प्रधान र जग्गा प्राप्तीमा गिरिजा प्रसाद कोईराला र तत्कालिन बन मन्त्री दिलेन्द्र बडुको रहेको दाबी गरे । उनले बुटवलमा प्रदर्शनी स्थलको आवश्यकताबारे आफुले स्वर्गीय प्रधानलाई बताएको दाबी गर्दै श्रेष्ठले प्रधानकै माग अनुसार कोईराला प्रधानमन्त्री हुँदा बुटवलमा प्रदर्शनीस्थल बनाउन बन क्षेत्रबाट जग्गा छुट्याएर नगरपालिकालाई हस्तान्तरण भएको बताए ।

बुटवलका पूर्व नगर प्रमुख भोज प्रसाद श्रेष्ठले ठुलो महत्वको परियोजनाको नाम परिवर्तन गर्दा दलहरुसंग परामर्श नगरिएको गुनासो गरे । उनले निर्णय गर्ने बेला को प्रधानमन्त्री थिए भन्ने भन्दा पनि अगाडी बढी सकेको परियोजनाको नाम फेर्दा दलहरुबीच परामर्श गर्न आवश्यक भएको बताए ।

पहिलो नीति तथा कार्यक्रममै उपमहानगर प्रमुख खेलराज पाण्डेले बुटवलकै महत्वपूर्ण आयोजना बुटवल मण्डपमा गिरिजाप्रसाद कोइरालाको नाम जोडेका छन् भने बुटवल ११ मा वीपी र पुष्पलालको शालिकसहितको पार्क बनाउने उल्लेख गरेका छन् ।

‘बुटवल मण्डपको जग्गा प्राप्तिमा तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेकोले बुटवल मण्डपको नाम गिरिजाप्रसाद कोइराला बुटवल मण्डप राखिने छ’ नीति कार्यक्रम बाचन गर्दै नगर प्रमुख पाण्डेले भनेका थिए ।

२०६३/६४ सालमा सुर्य प्रसाद प्रधानकै नेतृत्वमा उद्योगी एजाज आलम, एमाले नेता भोजप्रसाद श्रेष्ठ सहितको टोलि डेलिगेशन गएको र तत्कालिन बन सचिव तिर्थ ज्ञवालीको कार्यकालमा प्रधानमन्त्री गिरिजा कोईरालाको मन्त्रिपरिषदले प्रदर्शनीस्थलका लागि जग्गा दिने निर्णय गरेको नगर प्रमुख पाण्डेले दाबी गरे ।

 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ११ : ०३ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले