१० पुस २०८२, बिहिबार | December 25, 2025

देशको राजनीतिलाई कता लैजाने भन्ने चाबी माओवादीसँग छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक यात्राको चाबी माओवादीको हातमा रहेको दाबी गरेका छन् ।

बिहीबार ललितपुरबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिलाई कता लैजाने भन्ने चाबी जनताले माओवादीलाई दिएको बताए । प्रचण्डले भने, ‘परिणामको दृष्टिकोणले राजनीतिको बागडोरलाई कतापट्टि लैजाने राजनीतिक धारालाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी हामीलाई जनताले दिएका छन् । कहीँ न कहीँ यसको चाबी जनताले माओवादी केन्द्रलाई नै दिएका छन् ।’

प्रचण्डले आफ्नो पार्टी १२२ पालिका जितेकोमा प्रतिक्रियावादीहरुले जिब्रो टोकेको टिप्पणी गरे । उनले भने, ‘हामीले त योभन्दा धेरै अपेक्षा गरेका थियौं। देशको दोस्रो ठूलो र पहिलो कम्युनिष्ट पार्टी बन्छौं भन्ने थियो। अरुका लागि भने बढी भाछ, माओवादीको यति आउला भनेर अरुले सोचेका थिएनन् । धेरै दस्तावेजहरू मैले हेरेको छु । ठूलठूला अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको मूल्यांकनमा हामीलाई ३० वटा पालिकाभन्दा आउँदैन भन्ने थियो । त्यसरी हेर्दा १२२ भनेको धेरै हो । बुर्जुवा र प्रतिक्रियावादीहरूले अहिले जिब्रो टोकेका छन् ।’

प्रचण्डले माओवादी केन्द्रका लागि मुख्य कुरा निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु भएको बताए । सिटमा केही तलमाथि भए पनि निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु नै आफूहरूको ठूलो सफलता भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  १ : ३३ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना