२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्रपति रनिङशिल्ड प्रदेश छनौट प्रतियोगिता दाङमा हुने



बुटवल । १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रदेश छनौट प्रतियोगिता लुम्बिनी प्रदेश खेलकुद परिषदले गर्ने भएको छ । विहिबार बुटवलमा बसेको प्रदेश अन्तरगतको १२ जिल्लाका खेलकुद विकास समितिका कार्यालय प्रमुख, सुरक्षा निकायसहितको परिषद बैठकले असार २३, २४ र २५ गते दाङमा प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले छोटो तयारीका बिच प्रतियोगिता गर्न लागेको बताए । केन्द्रको ६ गते भएको निर्णय अनुसार प्रदेशको छनौट प्रतियोगिता गर्न लागेको उनले बताए । मुल समारोह असार २८ गते हुने केन्द्रको पत्रमा जानकारी आएको भन्दै उनले दाङमा आवश्यक संरचना भएको हुदा गर्न सकिने बताए । ‘कबर्ड हलका साथै ईन्डोर खेलका लागि स्थाई संरचना भएको हुदा दाङ उपयुक्त छ ।’– उनले भने । खेलकुद विज्ञहरुको समन्वय बिना तयार भएको संरचना र प्रशिक्षण प्रभावकारी नहुने भन्दै त्यसमा ३ तहकै सरकारको जोड रहनुपर्ने बताए ।

शिक्षा, विज्ञान, युवा तथा खेलकुद विकास महाशाखा प्रमुख यम बहादुर केसीले प्रत्येक वर्ष प्रदेशमा खेलाडी प्रोत्साहनका २ प्रकारको मुख्य प्रतियोगिता गर्दै आएको बताए । केन्द्रको निर्णय ढिलाई गर्दा छनौट प्रतियोगिता गर्न केहि कठिनाई भएको उनले बताए ।
शिक्षा, विज्ञान, युवा तथा खेलकुद निर्देशनालय प्रमुख मनोज कुमार गैरेले यसअघिका वर्षमा आयोजना गरिएको प्रतियोगिताका आधारमा कमिकमजोरीहरु हटाउदै जाने बताए ।

कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका प्रमुख पद्मा चौधरीले प्रतियोगिता आयोजना गर्न दाङमा आवश्यक पुर्वाधार रहेको बताईन । आधारभुत रुपमा धेरै खेल गर्न सकिने उनले बताईन ।

कार्यक्रममा प्रदेश खेलकुद विकास परिषदका कोषाध्यक्ष कोशिश बहादुर खड्काले खेलाडीलाई पर्याप्त समय नहुदा कठिनाई हुने भएपनि त्यसको समाधान हुने गरि तयारीमा लाग्नुपर्ने बताए । बैठकमा स्थानिय तहमा नया जनप्रतिनिधि निर्वाचित भएर कार्यभार आएको हुदा पनि जिल्ला छनौट नै हुन नसकेको खेलकुद विकास समितिका जिल्ला प्रमुखहरुले गुनासो गरे । संघिय संरचना अझै पनि खेलकुदमा कायम रहदा र जिल्लामा पदाधिकारी विहिन हुदा कठिनाई भएको उनिहरुले बताए ।

प्रदेश खेलकुद विकास परिषदका सदस्य तथा भलिबल प्रशिक्षक अर्जुन घिमिरेले खेलाडी र विद्यार्थीहरुका लागि राष्ट्रपति छनौट प्रतियोगिता मिनि ओलम्पिक भएको बताए । प्रतियोगिता आयोजना समय कम हुदा ब्यवस्थापनमा समस्या हुने भएपनि त्यसलाई कम हुने गरि सबैको साथमा अघि बढ्नुपर्ने सुझाव दिए ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मी, शस्त्रप्रहरी बल बुटवलका प्रमुख सुरज पाण्डेले आवश्यक सहयोग गर्ने प्रतिवद्घता जनाए ।

प्रतियोगिताका लागि प्रत्येक जिल्लाबाट विभिन्न विद्याका न्युनतम ८८ जना खेलाडीहरु सहभागी हुनेछन ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ७ : १७ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय