१९ माघ २०८२, सोमबार | February 3, 2026

राष्ट्रपति रनिङशिल्ड प्रदेश छनौट प्रतियोगिता दाङमा हुने



बुटवल । १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रदेश छनौट प्रतियोगिता लुम्बिनी प्रदेश खेलकुद परिषदले गर्ने भएको छ । विहिबार बुटवलमा बसेको प्रदेश अन्तरगतको १२ जिल्लाका खेलकुद विकास समितिका कार्यालय प्रमुख, सुरक्षा निकायसहितको परिषद बैठकले असार २३, २४ र २५ गते दाङमा प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले छोटो तयारीका बिच प्रतियोगिता गर्न लागेको बताए । केन्द्रको ६ गते भएको निर्णय अनुसार प्रदेशको छनौट प्रतियोगिता गर्न लागेको उनले बताए । मुल समारोह असार २८ गते हुने केन्द्रको पत्रमा जानकारी आएको भन्दै उनले दाङमा आवश्यक संरचना भएको हुदा गर्न सकिने बताए । ‘कबर्ड हलका साथै ईन्डोर खेलका लागि स्थाई संरचना भएको हुदा दाङ उपयुक्त छ ।’– उनले भने । खेलकुद विज्ञहरुको समन्वय बिना तयार भएको संरचना र प्रशिक्षण प्रभावकारी नहुने भन्दै त्यसमा ३ तहकै सरकारको जोड रहनुपर्ने बताए ।

शिक्षा, विज्ञान, युवा तथा खेलकुद विकास महाशाखा प्रमुख यम बहादुर केसीले प्रत्येक वर्ष प्रदेशमा खेलाडी प्रोत्साहनका २ प्रकारको मुख्य प्रतियोगिता गर्दै आएको बताए । केन्द्रको निर्णय ढिलाई गर्दा छनौट प्रतियोगिता गर्न केहि कठिनाई भएको उनले बताए ।
शिक्षा, विज्ञान, युवा तथा खेलकुद निर्देशनालय प्रमुख मनोज कुमार गैरेले यसअघिका वर्षमा आयोजना गरिएको प्रतियोगिताका आधारमा कमिकमजोरीहरु हटाउदै जाने बताए ।

कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका प्रमुख पद्मा चौधरीले प्रतियोगिता आयोजना गर्न दाङमा आवश्यक पुर्वाधार रहेको बताईन । आधारभुत रुपमा धेरै खेल गर्न सकिने उनले बताईन ।

कार्यक्रममा प्रदेश खेलकुद विकास परिषदका कोषाध्यक्ष कोशिश बहादुर खड्काले खेलाडीलाई पर्याप्त समय नहुदा कठिनाई हुने भएपनि त्यसको समाधान हुने गरि तयारीमा लाग्नुपर्ने बताए । बैठकमा स्थानिय तहमा नया जनप्रतिनिधि निर्वाचित भएर कार्यभार आएको हुदा पनि जिल्ला छनौट नै हुन नसकेको खेलकुद विकास समितिका जिल्ला प्रमुखहरुले गुनासो गरे । संघिय संरचना अझै पनि खेलकुदमा कायम रहदा र जिल्लामा पदाधिकारी विहिन हुदा कठिनाई भएको उनिहरुले बताए ।

प्रदेश खेलकुद विकास परिषदका सदस्य तथा भलिबल प्रशिक्षक अर्जुन घिमिरेले खेलाडी र विद्यार्थीहरुका लागि राष्ट्रपति छनौट प्रतियोगिता मिनि ओलम्पिक भएको बताए । प्रतियोगिता आयोजना समय कम हुदा ब्यवस्थापनमा समस्या हुने भएपनि त्यसलाई कम हुने गरि सबैको साथमा अघि बढ्नुपर्ने सुझाव दिए ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मी, शस्त्रप्रहरी बल बुटवलका प्रमुख सुरज पाण्डेले आवश्यक सहयोग गर्ने प्रतिवद्घता जनाए ।

प्रतियोगिताका लागि प्रत्येक जिल्लाबाट विभिन्न विद्याका न्युनतम ८८ जना खेलाडीहरु सहभागी हुनेछन ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ७ : १७ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली