१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

रेल सेवा अध्यादेशकै भरमा



काठमाडौं । सरकारले कानुन निर्माणमा ढिला गर्दा अध्यादेशको भरमा रेल सेवा सञ्चालन हुँदै आएको छ ।

नेपालको जनकपुरदेखि भारत जयनगरसम्म रेल सञ्चालन हुँदै आए पनि यो सेवा अध्यादेशकै भरमा रहेको छ । भारत हैदरावाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले गत चैत तेस्रो साता रेल सेवा भर्चुअल माध्यमबाट संयुक्त उदघाटन गरे । सन् २०१४ देखि बन्द नेपालको एक मात्र रेलमार्ग पुनः सुरु गरियो । यो रेलमार्गमा २०७५ पुसमै सञ्चालन घोषणा गरिएको थियो ।

सरकारले ढिलै भए पनि रेल सेवा सञ्चालन तथा व्यवस्थापन गर्न बनाएको ‘रेल्वे विधेयक, २०७९’ राष्ट्रियसभामा पेस गरेको छ ।

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले बिहीबार रेल्वे विधेयक, २०७९ पेस गर्दै विधेयक संसद्बाट पारित भएपछि देशको आर्थिक समुन्नतिमा महŒवपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन् । रेल्वे सेवा सञ्चालनले आमनागरिकलाई सरल र सुविधायुक्त यातायात सुविधा उपलब्ध हुने उनको विश्वास छ ।

विधेयकमा चालक र सहचालकका लागि अनुमति दिने निकाय र अधिकारी व्यवस्था, यात्रुको मालसामान ढुवानी, यात्रु क्षतिपूर्तिको आधार र मापदण्ड तोक्ने, रेल्वेसम्बन्धी दुर्घटना छानबिन गरी क्षतिपूर्ति व्यवस्थालगायत समावेश छन् ।

मन्त्री यादवले हाल जनकपुर-जयनगर रेल सञ्चालनमा आएकाले तत्काल कानुन निर्माण गर्न आवश्यक रहेकोसमेत औंल्याएकी छन् ।

संसद्को अधिवेशन चालू नभएको अवस्थामा पछिल्लो समय संविधानको धारा ११४ को उपधारा १ बमोजिम गत ६ चैतमा रेल्वे अध्यादेश, २०७८ जारी भएर कार्यान्वयनमा छ । अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संघीय संसदमा पेस गरी रेल्वेसम्बन्धी कानुनी व्यवस्थालाई निरन्तरता दिनु आवश्यक रहेको उनको भनाइ छ ।

यसअघि, रेल्वे ऐन, २०२० थियो । सो ऐनमा चालकको योग्यता, रेल्वेसम्बन्धी अपराध र सजाय व्यवस्था थियो । सरकारले ८ वैशाख २०७७ मा रेल्वे अध्यादेश २०७७ जारी गरेपछि पुरानो ऐन खारेज भएको थियो । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : २९ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै