१५ भदौ २०८३, सोमबार | September 1, 2026

जहाँ भगवानलाई पनि टिक्नै गाह्रो छ (फोटोफिचर)



देशको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी । त्यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ । काठमाडौंका पाइला पाइलामा अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन । कतै मन्दिर त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरुको अवस्था धेरै ठाँउमा दयनीय छ, जस्तै काठमाडौं शहरको अवस्था छ । मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको छ ।

आज काठमाडौं उपत्यकामा रहेका मन्दिर र मूर्तिहरु फोहोर जत्तिकै छरपस्ट छन । यहाँ फुटपाथमा पाइलाले ठोकिने भगवनका मूर्ति भेटिन्छन । कतै रुख उम्रेर ढल्नै लागेको मन्दिर,पानीले खिएका, अविर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि मन्दिरहरुमा छन । तर संरक्षण भने अझै भएको छैन । जताततै लापरबाही छ । मन्दिर अनि मूर्तिको सुरक्षाका लागि डण्डीको बार मात्रै होइन यहाँ चोरीबाट बचाउन काँडेतार नै टाँगिएका भेटिन्छन । मन्दिर परिसरमा कतै पुनर्निर्माणका क्रममा टहरा बनाइएको छ भने कतै डण्डी बाँधेर छोडिएको देख्न सकिन्छ । फोहोर अनि झारै झारको बीचमा भगवानको मूर्ति देख्नु यो शहरका लागि नौलो कुरा होइन । एकातिर खुला ठाँउमा मूर्ति बेवारिसे र दयनीय अवस्था देखिन्छ भने अर्कोतर्फ चोरीबाट बचाउन विभिन्न सावधानी अपनाइएको छ । यहाँ सिसिटिभी जडान गरिएको छ । चोक चोकमा साइरन राखिएका छन । तर मूर्तिको र मन्दिरको संरक्षण गर्नभने पहलकदमी हुन सकेको छैन ।

शब्द /फोटो न्यूज एजेन्सी नेपाल

बज्रवाराही मन्दिरभित्र रहेको मूर्तिहरु 

च्यासल ढुंगेधारामा विभिन्न देविदेवताको मूर्तिहरु 

थापालीस्थ्ति जङ्ग हिरण्य हेम नारायण मन्दिर परिसरमा बनाइएका अव्यवस्थित टहरा 

पाटन सुन्धारामा पानीले खिइएको मूर्ति 
पाटनको कुटी सौगल पुखुमा महादेवको मूर्ति 
पाटनको खपिञ्चे सडकमै रहेका मूर्तिहरु 
पाटनको मच्छिन्द्र बहाल परिसरमा धर्मकिर्ति महाविहार 
हनुमानढोकास्थित रहेको हनुमानको मूर्ति 
बसन्तपुरको गोरखनाथको मन्दिर 
लुभुको गणेश मन्दिर 
लुभुको गणेश मन्दिर ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ९ : २० बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,