१५ पुस २०८२, मंगलबार | December 30, 2025

विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधार सरकारको प्राथमिकतामा छ : गृहमन्त्री खाँण



लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । सरकारले चाहँदाचाहँदै पनि सम्पन्न गर्न नसकेका पूर्वाधार विकासका आयोजना सम्पन्न गर्न थप जोड दिनुपर्ने खाँणले बताए।

गृहमन्त्री खाँणले रुपन्देहीको तिनाउ नदीमा निर्माण सम्पन्न पुलको आज उद्घाटन गर्दै पूर्वाधार विकाससँगै नागरिकमा सुविधा तथा शान्ति र सुरक्षाको अवस्था सुदृढ हुने बताए। उनले भने, “पूर्वाधार विकास शान्तिसहित समृद्धिको यात्रा हो ।” यो पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय र सडक डिभिजन बुटवलको आयोजनाका रूपमा १२ वर्षअघि निर्माण सुरु भएको हो ।

पुलले बुद्ध सर्किट जोड्ने र चार नगरको भाइचारा सम्बन्ध स्थापना गर्न मद्दत पु-याउने उल्लेख गर्दै उनले लुम्बिनीसँगै यस क्षेत्रको आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा लुम्बिनी प्रदेशका ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले सङ्घीय सरकारले चालेका कदममा प्रदेश सरकार सहयोगीको भूमिका खेल्न तयार रहेको बताए । उनले

विसं २०६७ असार २५ गते ठेक्का सम्झौता भएको उक्त पुल ११ मिटर चौडाइ तथा १८५ मिटर लम्बाइ छ । कूल रु १३ करोड ८३ लाख १५ हजार ३७८ लागत अनुमान गरिएको पुल रु ११ करोड ७२ लाख ८८ हजार ९०७ मा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका इञ्जीनियर अशोक पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ८ : १४ बजे

होटल पौवाले नेपालगन्जमा ‘न्यु इयर इभ’ आयोजना गर्दै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा ५ तारेको लक्ष्य सहित निर्माणाधिन होटल

ओलीको कटाक्ष : कुखुरा-बाख्राको मोर्चाले बाघसँग मुकाबिला गर्न सक्दैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र

पैचो पसलले मनायो ११ औं वार्षिकोत्सव, गाँउको अर्थतन्त्रलाई चलायमान बनाईरहेको दाबी

गुल्मी । ‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नाराको

समानुपातिकको बन्द सूची बुझाएका दलको यस्तो छ चुनाव चिन्ह (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक