१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मेयरको टिकट पाउने गरी गृहमन्त्रीलाई सहयोग गरिएको भन्ने समाचारको व्यवसायी कृष्णप्रसाद शर्माले गरे खण्डन



भैरहवा । व्यवसायी कृष्णप्रसाद शर्मालाई पाँच वर्ष पछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा काँग्रेसले टिकट दिने र मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई सहयोग गर्ने सम्झौता भएको भन्दै बाहिर आएका समाचारको खण्डन गरेका छन् । शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरेर शर्माले आफू सधैं लोकतन्त्रको पक्षमा उभिँदै उद्योगी–व्यवसायीको हकहीतमा काम गर्दै आएको जनाउँदै आफूलाई पाँच वर्षपछि हुने निर्वाचनको मेयर पदमा लोभ नभएको बताए ।

बिहीबार राति भैरहवाका व्यवसायी शर्माले पाँच वर्षपछि काँग्रेसबाट सिद्धार्थनगरको मेयरको टिकट लिने गरी गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिनिधिसभामा जिताउन सहयोग गरेको भन्ने व्यहोरोको पत्र सार्वजनिक भएको थियो । उक्त पत्रप्रति शर्माले आपत्ति जनाएका हुन् । सहमति भनेर सार्वजनिक गरिएको पत्रमा काँग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँन र व्यवसायी शर्माको हस्ताक्षर छ । तर, तिनैजनाले विज्ञप्ती निकालेर कुनै सहमति नभएको प्रष्ट पारिसकेका छन् ।

‘लोकतन्त्र र गणतन्त्रप्रति आस्था राख्ने म एउटा व्यवसायी हुुँ । मेरो अहिलेसम्मको अनुभवले आम नागरिक, पेशा, व्यवसाय, श्रमिक, मजदूरलगायत सबैको कल्याण लोकतन्त्रमा मात्रै सम्भव छ । अहिलेसम्म पञ्चायती शासन व्यवस्था, प्रजातान्त्रिक शासन व्यवस्था, राजाको निरंकुशता, लोकतन्त्र हुँदै गणतन्त्रसम्मका व्यवस्था देखियो र भोगियो । पञ्चायत र राजा फाल्न आन्दोलन पनि गरेँ तर राजनीतिमा लागिनँ’, उनले भने, ‘तर केही संचारमाध्यमले भ्रामक समाचार सम्प्रेषण गरे । पाँच वर्षपछि मेयरको टिकट लिने गरी गृहमन्त्री बालकृष्ण खाँणलाई सहयोग गरेको भन्ने समाचार गलत छ, यो पराजित मानसिकताको पराकाष्ठा हो ।’

नेपाल उद्योग बाणिज्य महासंघको लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेका शर्माले आफूले लोकतन्त्रको पक्षधर गृहमन्त्री खाँणलाई रुपन्देही क्षेत्र नम्बर ३ मा सहयोग गर्दै आएको भने स्वीकारे । ‘हो मैले गृहमन्त्रीज्यूलाई सहयोग गर्दै आएको छु, उहाँ लोकतन्त्र प्राप्तिका लागि संघर्ष गरेको नेता हो, योग्य र क्षमतावान हुनुहुन्छ, त्यसैले सहयोग गरेको छु’, उनले भने, ‘तर मेयरको टिकट पाउने गरी कुनै सम्झौता गरेको छैन । गर्दैन पनि । म राजनीतिमा आउन चाहेको भए १० वर्ष पहिला नै आउँथे । अहिले भ्रामक प्रचार गरियो ।’

उनले आफ्नो हस्ताक्षर किर्ते गरेर पूराना र राजावादी शक्तिहरुले प्रोपोकाण्ड गरेको आरोप लगाए । तर, कसले प्रोप्रोकाण्ड गर्यो भन्नेबारे केही खुलाएनन् ।

‘पाँच वर्ष पछि हुने स्थानीय तह निर्वाचनमा मलाई नेपाली कांग्रेसको तर्फबाट सिद्धार्थनगर नगरपालिकाको नगर प्रमुखको उम्मेदवार बनाउने सहमति भएको भन्ने समाचार कपोकल्पित र भ्रामक हो ।’ उनले भनेका छन् ।

उनले समाचारमा राखिएको पत्रमा भएको आफ्नो हस्ताक्षर किर्ते भएको दावी गरे । ‘पत्रमा भएको जस्तो हस्ताक्षर मैले अहिलेसम्म कुनै पनि स्थानमा गरेको छैन । मेरो हस्ताक्षर अरु कसैले गर्छ भने मलाई थाहा भएन’, उनले भने । हस्ताक्षर चोरेर सहमति भएको भनिएको पत्र विशुद्ध आफ्नो चरित्र हत्या गर्न गरिएको फण्डा मात्रै भएको शर्माले जिकिर गरे ।

 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १० : २१ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान