१८ चैत्र २०८२, बुधबार | April 1, 2026

‘घुस्याहा’ कार्यालयमा जान कर्मचारीको मरिहत्ते



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र तालुकदार मन्त्रालयमा सरुवा माग्न आउने अधिकांश कर्मचारी घुस खान पाइने निकाय वा कार्यालयमा जान मरिहत्ते गर्ने क्रम फेरि बढेको छ । सामान्य प्रशासन मन्त्रालयमा सरुवा माग्न आउनेहरूको भीडभाड लाग्ने क्रम बढ्दो छ ।

त्यसरी सरुवा माग्न आउनेमध्ये अधिकांश कर्मचारी घुस खान पाइने र अतिरिक्त कमाइ राम्रो हुने ठाउमा जानेगरी दौडधुप गर्ने गरेका छन् । त्यस्ता कर्मचारी विभिन्न शक्तिकेन्द्र धाउने तथा बिचौलियाको समेत प्रयोग गर्न खप्पिस हुने गरेको सामान्य प्रशासन मन्त्रालयका अधिकारीको अनुभव छ । जनस्तरमा समेत केही सरकारी कार्यालय ‘घुस्याहा’ कार्यालयका रूपमा चिनिन्छन् ।

जहाँ घुस नदिई जनताका कुनै काम हँुदैन । प्रशासन, कृषि, वन, इन्जिनियरिङ र विभिन्न सेवा समूहका कर्मचारी घुस खान पाइने निकायमा जान हौसिने गरेका छन् ।

मन्त्रालयका अधिकारीका अनुसार घुस्याहा र आकर्षक कार्यालयका रूपमा वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, नापी कार्यालय, यातायात कार्यालय, श्रम कार्यालय, राजस्व कार्यालय, सडक तथा डिभिजन कार्यालय, कर कार्यालय, सुगम र बढी बजेट भएका स्थानीय तहहरू, कम्पनी रजिस्टार कार्यालय, भौतिक तथा पूर्वाधार मन्त्रालयअन्तर्गतका कार्यालय, केही जिल्ला प्रशासन कार्यालय छन् ।

लामो समयसम्म आकर्षक कार्यालयमा बसेकाहरू घुमाइ फिराइ त्यस्तै आकर्षक निकायमा नै सरुवा भई जाने गरेका छन् । आकर्षक ठाउँबाट कम आकर्षणयुक्त ठाउँमा सरुवा भएमा त्यस्ता कर्मचारीले शक्तिकेन्द्र तथा पैसाको प्रयोग गरेर पुरानै ठाउँमा थमौतीसमेत गराउने गरेका छन् । कतिपय कर्मचारी वर्षांैदेखि आकर्षक निकायमा नै रहन सफल हँुदै आएका छन् ।

निजामती प्रशासनमा त्यस्ता कर्मचारीलाई ‘डन कर्मचारीका रूपमा चिनिन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मनग्ये रूपमा अतिरिक्त कमाइ हुने र कमिसन पनि राम्रै हात पर्ने भएकाले ती कार्यालयमा जान कर्मचारीको तँछाडमछाड हुने क्रममा कमी आएको छैन ।

त्यस्ता कर्मचारी नेतादेखि उच्च प्रशासकसम्ममा नै सेटिङ मिलाउनसमेत खप्पिस रहेको मन्त्रालयका अधिकारीको दाबी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो अध्ययनले घुस्याहा र आकर्षक कार्यालयमा जाने र यसका लागि सेटिङ मिलाउने कर्मचारीको संख्या उल्लेख्य रहेको देखाएको छ । आजको राजधानी दैनिकमो यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ७ : ३७ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”