१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

एनआरएनए स्वास्थ्य सम्मेलनमा अविष्कार केन्द्रका महावीर पुनले कार्यपत्र प्रस्तुत गर्ने



लन्डन । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर दोस्रो साता हुने चौथो विश्व स्वास्थ्य सम्मेलनमा राष्ट्रिय आवस्किार केन्द्रका प्रमुख महावीर पुनले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।

अस्ट्रेलियाको सिड्नी सहरमा आयोजना हुने सम्मेलनको तयारीका लागि आइतबार समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाको अध्यतक्षामा सम्पन्न बैठकले सुझाव संकलन गरेको थियो । उनले स्वास्थ्य समितिको आयोजनामा हुने सम्मेलनमा भाग लिन विश्वभरका स्वास्थ्यकर्मी उत्साहित रहेको बताए । सापकोटाले सम्मेलनमा नेपालका स्वास्थ्यमन्त्री लगायत अस्ट्रेलिया सरकारको तर्फबाट उच्च अधिकारीहरुले भाग लिने जानकारी दिए ।

बैठकमा डा. राजु अधिकारीले सिड्नी सम्मेलनका लागि अवश्यक तयारीको बारेमा जानकारी गराएका थिए । उनले सम्मेलनमा भाग लिन चाहनेहरुको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएको पनि बताए ।

स्वास्थ्य समिति युरोपका संयोजक बोधराज सुवेदीले सम्मेलनमा भाग लिन चाहने अनुसन्धानकर्ताहरुलाई समयमै आवश्यक जानकारी पठाउनुपर्ने बताए । बैठकमा समितिका सदस्य सचिव डा. सुनिल शाहले अष्ट्रेलिया र बेलायतमा कार्यरत चिकित्सकहरुबीच एक सञ्जालको स्थापना गरी सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले सम्मेलनमा नेपाली चिकित्सक र अनुसन्धानकर्ताहरुको सहभागितामा जोड दिए ।

नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. शिवप्रसाद श्रेष्ठले संघका सदस्यहरुलाई समेत सम्मेलनमा भाग लिन प्रोत्साहन गरिने जानकारी दिए । डा. सुहेल सापकोटाले हालसम्म ३१ जना चिकित्सकहरुले सम्मेलनमा भाग लिन आफ्नो नाम दर्ता गरेको जानकारी गराए । डा. पुष्पराज भट्टराईले अफ्रिका क्षेत्रमा रहेका नेपाली चिकित्सकहरु सम्मेलनमा भाग दिन उत्साहित रहेको जनाए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ९ : १६ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल