२५ चैत्र २०८२, बुधबार | April 8, 2026

घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला निलम्बित



काठमाडौं । छानविन समिति गठनको सूचना राजपत्रमा आएसँगै घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले अघिल्लो साता छानबिन समिति बनाएको भएपनि समिति गठनको सूचना आज मात्र राजपत्रमा प्रकाशित भएको हो ।

छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् । न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेको लगायतका विषयमा छानबिन गर्न समिति बनाइएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

न्याय परिषदका सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिले न्याय परिषद ऐन, २०७३ बमोजिम जाँचबुझ गरी कार्य प्रारम्भ गरेको मितिले पैंतालिस दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने समय सिमा तोकिएको छ ।

छानबिन समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल सदस्य रहेका छन् । न्यायपरिषद ऐनअनुसार छानबिन समिति गठन भएपछि आरोपी न्यायाधीश स्वतः निलम्बित हुने प्रावधान रहेको छ ।

 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ५ : ३५ बजे

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री

‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’

तनहुँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली

लायन्स क्लब अफ बुटवलको अध्यक्षमा दिनेश कुमार प्रधान

बुटवल । लायन्स क्लब अफ बुटवलको सम्पन्न अधिवेशनबाट आगामी कार्यकाल